Homeसमाचारमर्यादित पत्रकारितामा जोड

मर्यादित पत्रकारितामा जोड

विर्तामोड १५ असोज । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा बडा दशैंको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विर्तामोडको होटल हेवन पार्कमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ प्रदेश नं–१ का अध्यक्ष विक्रम लुइटेलले सरकारी निकायबाट प्रदान गरिने विज्ञापनमा हुने कमिसनको चलखेल रोकेर नीतिगत रुपमै समानुपातिक विज्ञापन वितरण गर्न आग्रह गर्नुभयो ।
सत्य र तथ्यमा रहेर विश्वासनीय समाचार लेख्न पत्रकारहरुलाई आह्वान गर्दै अध्यक्ष लुइटेलले पत्रकारितालाई दलीय दृष्टिकोणबाट मात्रै हेर्ने राजनीतिक दलभित्रको विकृति हटाउन समेत आग्रह गर्नुभयो ।
नेकपा झापाका सचिवालय सदस्य तथा संविधानसभा सदस्य प्रेम गिरीले पत्रकार जगत सिभिल सोसाइटीको अग्रदस्ता भएको बताउँदै सक्रिय र अन्तरक्रियात्मक पत्रकारितालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।
अर्का बक्ता विर्तामोड नगरपालिकाका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले पत्रकारहरु सबै पार्टी र सरकारको प्रतिपक्ष भएकाले तथ्यमा आधारित रहेर पत्रकारिता गर्न आग्रह गर्दै विर्तामोड नगरलाई मिडियामैत्री र भ्रष्टाचारमैत्री राख्न आफूले योजना अगाडि बढाएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले प्रजातन्त्र प्राप्तिपछि राजनीतिक आस्थाका आधारमा सञ्चारमाध्यम स्थापना गर्ने क्रम बढेको बताउँदै स्वतन्त्र, निश्पक्ष र मर्यादित पत्रकारिताले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
नेपाल पत्रकार महासंघ झापा शाखाका सभापति तारामणि सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, राप्रपा नेपाल झापाका सचिव केशव ओझा, नेपाल पत्रकार महासंघ प्रदेश नं–१ का महासचिव विवेक गौतम, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायतले शुभकामना मन्तब्य राख्दै पत्रकारिताभित्रका विकृति विसंगती अन्त्य गरेर मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।
महासंघका उपाध्यक्ष एकराज गिरीले औचित्यमाथी प्रकाश पार्नुभएको कार्यक्रममा स्वागत महिला उपाध्यक्ष भीमा शिवाकोटी र सञ्चालन सन्तोष आचार्यले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमर्यादित पत्रकारितामा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img