HomeFeatured 2झापा क्षेत्र नं. ४ मा गठबन्धनद्वारा चुनावी प्रचार प्रशारलाई तीब्रता

झापा क्षेत्र नं. ४ मा गठबन्धनद्वारा चुनावी प्रचार प्रशारलाई तीब्रता

कनकाइ २२ कात्तिक । निर्वाचनकाे मिति नजिकिदै गएसंगै प्रचार- प्रसारलाई तीब्र बनाएका झापा क्षेत्र नम्बर- ४ गठबन्धनका उम्मेदवारहरुले कनकाइ नगरपालिका ३, ४ र ५ मा घरदैलो एवं त्यहा आयोजित विभिन्न कोणसभालाई सम्बोधन गरेका छ्न ।
बिहानैदेखी घरदैलो र कोणसभामा सहभागी गठबन्धन दलका कार्यकर्ता एवं नेतृत्वगणले घरदैलो र कोणसभा सप्पन्न गरेका हुन । सो क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेबे तथा प्रदेससभा – २ का उम्मेदवार एकराज उप्रेतीले लालपानीमा आयोजित कोणसभालाइ सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा नेपाली काङ्ग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देउकुमार थेबेले नेपाली काङ्ग्रेसले आफ्नो चुनाबी घोषणापत्रमार्फत जनमुखी कार्यक्रम ल्याएको उल्लेख गर्दै स्थानीय आवश्यकताको आधारमा क्षेत्रगत बिकासका योजनाहरु ल्याइने बताउनुभयो ।
यस क्षेत्रको शिक्षा, स्वास्थ एवं नदी नियन्त्रणका लागि आफ्नै पहलमा थुप्रै बजेट ल्याउन सफल भएको उल्लेख गर्दै उम्मेदवार थेबेले निर्वाचित गरेर जनसेवा गर्ने अवसर दिन आम जनतासग आग्रह गर्नुभयो ।
गठबन्धनका उम्मेदवारहरुले कनकाइ-३, ४ र ५ का विभिन्न स्थानमा घरदैलो एवं जनतासग भेटघाट गरेका थिए । सो क्रममा स्थानीयले आ-आफ्ना गाउँ-टोलका समस्या राखेका थिए ।
घरदैलो अभियानका क्रममा कनकाइ-४ स्थित लक्ष्मी पाण्डेको शालिक परिसर र वडा न ३ को तिनतलेमा बृहत् कोणसभा सम्पन्न भएको झापा क्षेत्र नम्बर ४ गठबन्धन दल प्रचारप्रसार समितिले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा क्षेत्र नं. ४ मा गठबन्धनद्वारा चुनावी प्रचार प्रशारलाई तीब्रता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img