Homeसमाचारनेपालकै कार्यकर्ताले होहल्ला गरे, राना निर्दोष–आयोजक

नेपालकै कार्यकर्ताले होहल्ला गरे, राना निर्दोष–आयोजक

विर्तामोड २३ कात्तिक । यही कात्तिक २१ गते विर्तामोडमा भएको ‘उम्मेद्वारसँगको अन्तरक्रिया कार्यक्रम’ को आयोजकमा सि.के. चिन्तन प्रतिष्ठानको नाम जोडिएकोप्रति प्रतिष्ठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईले आज एक प्रेसविज्ञप्ति जारी गर्दै प्रतिष्ठानलाई आधिकारिक रुपमा जानकारी नै नदिई एवं नेतृत्वको अनुमति नलिई कार्यक्रम गरिएको र उक्त अमर्यादित कार्यप्रति दुःख ब्यक्त गर्नुुभएको छ ।
प्रतिष्ठानको रेखदेख गर्दै आएका ब्यक्तिले प्रतिष्ठानका पदाधिकारी/सदस्यलाई जानकारी नै नदिई उक्त कार्यक्रम गरिएकोप्रति दुःख ब्यक्त गर्दै विज्ञप्तिमा सम्बन्धित ब्यक्तिलाई सचेत गराउँदै जिम्मेवारीबाट हटाइएको समेत उल्लेख गरिएको छ ।
गत सोमबार स्थानीयस्तरमा गठित ‘माता मन्दिर युवा क्लव परिवार’को आयोजनामा झापा क्षेत्र नं–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार एवं क्षेत्र नं–२ प्रदेशसभा–२ का उम्मेद्वारहरुको अन्तरक्रिया आयोजना भएको थियो ।
‘यस क्षेत्रबाट उठेका उम्मेद्वारहरुका योजना के–के छन् सुनौ र मत दिने निर्णय गरौं भन्ने पवित्र उद्देश्य राखेर कार्यक्रम आयोजना गरेका थियौं’–आयोजक माता मन्दिर युवा परिवारका अध्यक्ष रोशन भेट्वालले भने–‘तर हामीले सोचेभन्दा विपरित भयो।’
माता मन्दिर युवा क्लव परिवारका तर्फबाट एक प्रेस विज्ञप्तिसमेत जारी गर्दै अध्यक्ष भेटवालले उम्मेद्वार स्वागत नेपाललाई पटक–पटक समय छोट्याउन भनेपनि नमानेको र उनी पक्षीय कार्यकर्ताले नै हो–हल्ला गरेको उल्लेख गरेका छन् ।
‘त्यो दिन हरिकुमार रानाले कसैको माइक खोसेको होइन र बाहिर आएका समाचार र भिडियोमा जस्तो उहाँले बोल्न नदिएको र हातपात नगरेको स्पष्ट पार्न चाहन्छु’–विज्ञप्तिमा भनिएको छ–‘साथै समाचारमा लेखिएजस्तो त्यो कार्यक्रम सि.के. चिन्तन प्रतिष्ठानले आयोजना गरेको नभई माता मन्दिर युवा क्लवले आयोजना गरेको कुरा स्पष्ट पार्न चाहन्छु ।’ समाचार प्रकाशन प्रशारण गर्दा आयोजक संस्थासँग बुझेर मात्रै सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
‘नेपालले लामो समय लिएपछि आयोजकले समय छोट्याउन पटक–पटक भनेको र त्यही बेला एकजना सहभागीले तपाईंको नाम स्वागत त होइन रहेछ, भद्रप्रसाद हो रहेछ किन नाम ढाटेर हिड्नु भएको र एउटा पार्टीको केन्द्रीय अध्यक्ष भएर पनि किन स्वतन्त्र हु भन्नुभएको ?’ भनेर प्रश्न सक्दा नसक्दै कार्यक्रममा होहल्ला र विवाद भएको थियो ।
‘उक्त प्रश्न सकिदा नसकिदै हलमा एक्कासी होहल्ला शुरु भयो’–कार्यक्रममा सहभागी एक ब्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा भने–‘अचानक हिड्दा हिड्दै पहिरो खसेजस्तो भयो । के उद्देश्य थियो, के भयो । बेक्कारमा फसियो जस्तो भो ।’ त्यहाँ निश्चित दलका कार्यकर्ता भन्दा पनि राजनीतिमा खासै नखुलेका स्थानीयको सहभागिता रहेको बताइन्छ । कार्यक्रममा हो–हल्ला भएपछि प्रहरीको उपस्थितिमा कार्यक्रमलाई नियन्त्रणमा लिइएको बताइएको छ ।
अहिले सोही कार्यक्रमलाई लिएर प्रतिनिधिसभा सदस्यका उम्मेद्वार स्वागत नेपालले आफूमाथि नियोजित आक्रमण गरिएको भनी गलत प्रचार गर्नु दुःखद भएको कार्यक्रमका सहभागीले बताएका छन् । राजनीतिमा नयाँ–नयाँ फण्डा निकालेर आफू चर्चामा आउन खोज्ने नेपालको प्रवृत्तिले आयोजकलाई नै विवादित बनाइदिएपछि आयोजक एवं सि.के. चिन्तन प्रतिष्ठानले बेग्लाबेग्लै विज्ञप्ति जारी गरेका हुन् ।
आफूलाई स्वतन्त्र उम्मेद्वार भन्दै आएका भद्रप्रसाद नेपाल (स्वागत) उन्नत लोकतन्त्र पार्टीको अध्यक्ष रहेको प्रमाण निर्वाचन आयोगको वेभसाइडमा राजनीतिक दलको विवरणमा अहिले पनि सुरक्षित छ । यसअघि सम्पन्न स्थानीय तह निर्वाचनमा खुल्ला किताव चिन्हमा देशैभर उन्नत लोकतन्त्र पार्टीका उम्मेद्वार उठाएपनि सबैजसोको जमानत जफत भएपछि यसपटक उनी स्वतन्त्र उठेको चर्चा छ ।
भद्रप्रसाद (स्वागत) नेपाल राजा ज्ञानेन्द्रले सत्ता लिएर लोकतन्त्रको घाँटी निमोठेको समयमा राजाले खोलेको पत्रकार संगठनको केन्द्रीय अध्यक्ष भएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेपालकै कार्यकर्ताले होहल्ला गरे, राना निर्दोष–आयोजक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img