दमक २२ मंसीर । झापा क्षेत्र नं–५ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार डा। खगेन्द्रपाण्डव अधिकारीले दुई तिहाई बहुमतको सरकार सम्हाल्न नसक्ने व्यक्तिलाई अब जनताले जिम्मेवारी सुम्पन नहुने धारणा राखे छ ।
आगामी मंसीर ४ गते हुन लागिरहेको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वार अधिकारीले दमक वडा नम्बर–८ को घरदैलो कार्यक्रममा आयोजना गरिएको कोणसभामा बोल्दै यस्तो धारणा राखेका हुन् ।
डा. अधिकारीले यस अघिको निर्वाचनमा दुई तिहाईनजिक बहुमतसहित निर्वाचित भएका तत्कालीन प्रधानमन्त्री के.पी. ओलीले त्यसलाई सम्हाल्न नसकेकोे बताउँदै जनताले अब जिम्मेवारी नसुम्पने विश्वास ब्यक्त गरे। इतिहासमै शक्तिशाली सरकार बनेको भनेको भएपनि केपी ओलीको दम्भ र घमण्डका कारण मुलुक अस्थिरतामा फसेको बताउँदै डा. अधिकारीले अब नागरिकहरु स्थिरताको पक्षमा रहेको बताए । आफुहरु जितको नजिक पुगिसकेको उनको दावी छ ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेद्वार गगन पुरीले कांग्रेस र माओवादी मिल्दा मुलुकको द्वन्द व्यवस्थापन भएको साथै दुवै दलको मेलका कारण मुलुकमा संबिधान जारी भएको उदाहरण दिँदै अब कांग्रेस माओवादी, एकिकृत समाजवादी सहितका दलहरुको गठबन्धनले मुलुकलाई बिकास र समृद्धिका मुद्दालाई अघि बढाउने बताए । यसअघि पटक–पटक एउटै व्यक्तिलाई जिताएर पठाए पनि झापा क्षेत्र नं–५ का नागरिकको अवस्था जहाँको तहिं रहेकोले अब नागरिकहरुले परिवर्तन चाहेको उनको भनाई छ।
दुई तिहाई बहुमतको सरकार सम्हाल्न नसक्नेलाई भोट दिन हुन्न’

































































































