Homeसमाचारमतदाता शिक्षा प्रभावकारी बनाउन र भोजभतेर बन्द गर्न आग्रह

मतदाता शिक्षा प्रभावकारी बनाउन र भोजभतेर बन्द गर्न आग्रह

बिर्तामोड २२ कार्तिक । मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र व्यवस्थितरुपमा सम्पन्न गर्न झापाका नागरिक समाजका प्रतिनिधिले सरोकारवालाका लागि ११ बुँदे अपिल जारी गरेका छन् ।
नागरिक अगुवा संस्थाका प्रतिनिधिको मंगलबार बिर्तामोडमा सम्पन्न बैठकपछि भयरहित वातावरण र निर्वाध रुपमा मतदान गर्न पाउने आम मतदाताको अधिकार प्रत्याभूतिका लागि अपिल जारी गरिएको जनाइएको छ ।
निर्वाचन सम्पन्न गर्न नागरिक समाजको पनि अहम् भूमिकाको आवश्यकतालाई आत्मसात र दायित्वबोध गर्दै निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता नागरिक तहबाट व्यक्त गरिएको छ ।
राजनीतिक दल तथा उम्मेद्वारहरुबाट आचारसंहिताको उल्लंघन भइरहेका विषयप्रति चिन्ता र सरोकारवालाको ध्यानाकर्षण गर्दै नागरिक समाजका प्रतिनिधिले अपिलमा उल्लेखित विषयको पालना र व्यवस्थापन गर्न आग्रह गरेका छन् । आचारसंहिता कार्यान्वयनको अवस्था समीक्षा गरी भेटिएका तथ्य नागरिक समाजको तर्फबाट सार्वजनिक गर्ने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।
संवाद समूह झापाको संयोजनमा भएको वैठकमा सरकारी–गैरसरकारी क्षेत्र, राजनीतिक दल तथा उम्मेद्वारहरु सहितका सरोकारवालाले यसअघि सार्वजनिक रुपमा गरेका प्रतिवद्धता कार्यान्वयनका लागि पनि नागरिक समाजको तर्फबाट ध्यानाकर्षण गराइएको छ ।
वरिष्ठ अधिवक्ता एवं नेपाल कानून आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लीला उदासीसहित १८ नागरिक अगुवा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरी अपिल जारी गरेका हुन् ।
मतदाता प्रभावित गर्न मतदानस्थल वरपर हुने भोजभतेर पूर्णतः बन्द गर्न गराउन अपिल गरिएको छ । साथै, निर्वाचन खर्च पारदर्शी र मितव्ययी बनाउन र खर्चको स्रोत खुलाउन दल तथा उम्मेदवारहरुलाई आग्रह गरिएको छ ।
आम मतदातालाई मंसीर ४ गते समयमै आफ्नो मतदान केन्द्रमा पुगेर स्वतन्त्ररुपमा आफूले रोजेको उम्मेद्वारलाई मतदान गर्न नागरिक समाजले अपिल गरेको छ ।
अपिलमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) झापाका संयोजक डा। रुपक खनाल, मानव अधिकार सञ्जाल झापाका संयोजक विष्णु खरेल, गैर सरकारी संस्था महासंघ झापाका अध्यक्ष हरि गौतम, नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महिला मानव अधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्मा, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले हस्ताक्षर गरेका छन् ।
त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण बिमली, नेपाल शिक्षक महासंघ झापाका सचिव तोयानाथ दाहाल, प्याब्सन झापाका सचिव हरिकृष्ण पाठक।, एनप्याब्सन झापाका कोषाध्यक्ष मोहन आचार्य, नेत्रहीन संघ झापाकी अध्यक्ष सृजना बराल, एबीसी नेपालकी अध्यक्ष कञ्चना सिटौला, नेत्रहीन युवा संघका अध्यक्ष दिलकुमार राजवंशी, इन्सेक झापाका प्रतिनिधि नरेश खाती, मारवाडी सेवा समिति बिर्तामोड अध्यक्ष मोहन मित्तल, मेची काली बुहारी आवाजकी अध्यक्ष शिखा खड्का गणेशले अपिलमा हस्ताक्षर गरेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमतदाता शिक्षा प्रभावकारी बनाउन र भोजभतेर बन्द गर्न आग्रह
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img