विर्तामोड २१ कात्तिक। आसन्न निर्वाचनमा प्रतिनिधिसभामा झापा क्षेत्र नं.–२ बाट स्वतन्त्र उम्मेद्वार कुमार भट्टराईले आफूले २५ हजारभन्दा बढी मत प्राप्त गर्ने दावी गरेका छन् ।
भट्टराई जिताउ अभियानको आयोजनामा बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेद्वार भट्टराईले आफू कुनै पनि दलको नभएको र सबै दल तथा व्यक्तिहरुसंग राम्रै सम्बन्ध भएका कारण निर्वाचन मत परिणाम आफ्नो पक्षमा हुने दावी गरे ।
झापाका अन्य क्षेत्रमा भन्द २ नम्बर क्षेत्रमा प्रतिष्पर्धी उम्मेद्वारहरु अलि फरक किसिमका भएका कारण जितका लागि आफू संभावित उम्मेद्वार भएका बताएका हुन् ।
उनले भने–‘अन्यत्र दुई पक्षबीच प्रतिष्पर्धा छन्, तर यहाँ अलग्गै छ, क्षेत्र नं. ५, १ वा ३ जस्तो होइन्, मलाई स्वतन्त्रदेखि एमाले, कांग्रेस, राप्रपा सबैले माया गरेका छन्, गर्छन् म, २५ हजार भन्दा बढी मत प्राप्त गर्छु त्यो जित्ने मत हो ।’
मत जस्तै मन पनि सफा राख्छु, भ्रष्टाचार गर्दिन भन्ने नाराका साथ प्रतिवद्धता पनि जनाएका छन् । शक्तिको दुरुपयोग नगर्ने विधिको शासन मान्ने जनाएका भट्टराईले १६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
झापा २ मा २५ हजार बढी मत प्राप्त गर्ने भट्टराईको दावी

































































































