HomeFeatured 2सहज मताधिकारको वातावरण बनाउन नेत्रहीन युवा संघको माग

सहज मताधिकारको वातावरण बनाउन नेत्रहीन युवा संघको माग

विर्तामोड २१ कात्तिक। नेत्रहीन युवा संघ नेपाल झापाले अपांगता भएका व्यक्तिहरूको मताधिकार सहज ढंगले, सुनिश्चित गर्न विभिन्न मागहरु अघि सारेको छ ।
संघका झापा अध्यक्ष दिलकुमार राजवंशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अपाङ्गता भएका व्यक्तिलाई मतदानका लागि सहज वातावरण बनाउन माग गरे ।
गत असोजदेखि नै निर्वाचनस्थललाई अपाङ्गता मैत्री बनाउनु पर्ने कुरामा जोड दिंदै आएको संघले अपाङ्गता मैत्री निर्वाचनस्थलका साथै मतदानस्थलमा हुने विभिन्न प्राविधिक पक्ष तथा मतदान गर्न आउने व्यक्तिको सहजताका लागि यातायातको व्यवस्था समेत सहज बनाउनुपर्नेमा जोड दिएको छ ।
संघले गत असोज २५ गतेदेखि कात्तिक १८ गतेसम्म जिल्लाका विभिन्न स्थानीय तहमा बसोबास गर्ने अपाङ्गता भएकाहरुको घरधुरी सर्वेक्षण गरेको थियो । जिल्लाका पाँचसय घरधुरी सर्वेक्षण गरेको संघको सर्वेक्षणका क्रममा ४० प्रतिशत व्यक्तिहरूलाई यातायातको असुविधाले, ३५ प्रतिशतलाई इच्छाएको व्यक्ति लिएर जान नपाउँदा र २५ प्रतिशतलाई भौतिक संरचनाले मतदान गर्न बाधा व्यवधान भएको पाइएपछि सहज मताधिकार सुनिश्चित गर्न माग गरेको हो ।
संघको देशव्यापी कार्यक्रम अनुसार झापामा पनि अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त मतदानको वातावरण बनाउने कुरामा सरोकारवाला निकायको ध्यानकार्षण गर्ने उद्देश्यले विज्ञप्तीसहित संघले पत्रकार सम्मेलन गरेको हो ।
नेपालको संविधान २०७२, अपाङ्गता भएका व्यक्तीहरूको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ११ तथा अपाङ्गता भएका व्यक्तीहरूको अधिकारसम्बन्धी अन्तराष्ट्रिय महासन्धी युएनसीआरपीडि ९ग्ल्ऋच्एम्० को धारा २९ ले अन्य व्यक्तिसरह अपाङ्गता भएका व्यक्तीहरूले पनि राजनीतिमा सहभागीता हुन पाउने हक सुनिश्चित गरेको छ ।
वालिग मताधिकारबाट बञ्चित हुन नपरोस् भन्नका लागी संघले राजनीतिक दलदेखि सरोकारवाला निकायसंग समेत विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको एडभोकेटर देबु चापागाँईले बताए ।
निर्वाचनका दिन अपाङ्गता भएका व्यक्तीहरूको सहज आवागमनका लागि यातायातको प्रबन्ध गरिदिने, मतदानस्थललाई उपयुक्त अनुकुलता हुने गरी यथासम्भव पहुँचयुक्त बनाउने, सहयोगीको प्रबन्ध गरिदिने, बहिरा व्यक्तीहरूसँग साङ्केतिक भाषामा सञ्चार गर्न सक्ने वातावरण सिर्जना गर्ने र अपाङ्गता भएका व्यक्तीहरूप्रति अपाङ्गतामैत्री व्यवहार गर्ने लगायतका पक्षहरूमा विशेष ध्यान दिन अनुरोध गरिएको छ ।
यसका लागि निर्वाचन परिणाम घोषणाको सांकेतिक भाषा र क्याप्सनसहितको छोटो छोटो भिडियो नियमित रूपमा टिभिबाट प्रशारण गर्नुपर्ने । मतगणनास्थलमा सांकेतिक भाषाका दोभाषेहरुको व्यवस्था गर्नुपर्ने, निर्वाचन आयोग र निर्वाचन कार्यालयका वेबसाइटहरु पहुँचयुक्त बनाइनु पर्ने, निर्वाचनमा सहभागि अपाङ्गता भएका मतदाताको लगत राख्ने व्यवस्था मिलाइनुपर्ने माग अघि सारेको छ ।
त्यस्तै अपांगता भएका व्यक्तिलाई मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा नङमा मसी लगाउने कर्मचारी, मतदाता नामावली प्रमाणीकरण कर्मचारी, स्वयमसेवक, पर्यवेक्षक र अरु निर्वाचनसँग सम्बन्धित कर्मचारीहरु खटाउँदा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने व्यवस्था मिलाउनु पर्ने, अपाङ्गता भएका मतदाताहरुका लागि सहयोगीका रुपमा एकाघरका परिवारका सदस्य एवं मतदान अधिकृतलाई सिमित गरेकामा उक्त प्रावधान संशोधन गरी अपाङ्गता भएका व्यक्तिहरुले इच्छाएको व्यक्तिद्धारा मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
पत्रकार सम्मेलनमा संघकी फिल्ड अधिकृत मुना भट्टराई, कोषाध्यक्ष होमनाथ राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2सहज मताधिकारको वातावरण बनाउन नेत्रहीन युवा संघको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img