Homeसमाचारबैंकको चर्को ब्याजदर विरुद्ध एक हुन घिमिरेको आह्वान

बैंकको चर्को ब्याजदर विरुद्ध एक हुन घिमिरेको आह्वान

बिर्तामोड २१ कात्तिक । बैंकको ब्याजदरका कारण व्यापारी–व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको भन्दै बिर्तामोड उद्योग वाणिज्यका उपाध्यक्ष सञ्जीव घिमिरेले ब्याजदर पुर्नविचार गर्न माग गरेका छन् ।
विर्तामोडस्थित अतिथि सदनमा पत्रकार भेटघाट गर्दै घिमिरेले बैंकले व्यक्ति अनुसार ब्याज लिने गरेको बताए । बैंकको व्याजदरमा एकरुपता हुनुपर्ने भएपनि व्यक्ति हेरेर ब्याज लिनेको गरेको उल्लेख गर्दै बैंकको जथाभावी ब्याजदरका विरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।
कोभिड संक्रमणका कारण थला परेको व्यापार व्यवसाय क्षेत्रमा सुधार नआउँदै पुनः बैकको चर्को व्याजदरका कारण व्यवसाय नै छोड्नुपर्ने अवस्थामा पुगेको बताउँदै उपाध्यक्ष घिमिरेले त्यसका लागि व्यवसायी एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो ।
साथै आगलागी लगायतका दैवी विपत्तीमा परेर बिचल्ली भएका व्यापारीहरुलाई संघमा स्थापित व्यवसायी राहत कोषबाट सहयोग गर्नुपर्नेमा नेतृत्व चुकेको स्वीकार गर्दै बैंकको ब्याजदर र विपत्तीमा परेका व्यवसायीका विषयमा संघमा आफूले पटक पटक कुरा राखेपनि कसैबाट सुनुवाई नभएको गुनासो गरे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबैंकको चर्को ब्याजदर विरुद्ध एक हुन घिमिरेको आह्वान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img