HomeFeatured 2विकास निर्माणका योजना पुरा गर्न आफ्नो जीत अपरिहार्य सिटौला

विकास निर्माणका योजना पुरा गर्न आफ्नो जीत अपरिहार्य सिटौला

भद्रपुर २१ कार्तिक । कांग्रेस नेता तथा झापा क्षेत्र नं ३ का संघीय संसदका उम्मेद्वार कृष्णप्रसाद सिटौलाले यहि मंसिर ४ गते हुन गईरहेको संसदीय निर्वाचनमा झापा क्षेत्र नं ३ बाट आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् ।
भद्रपुरमा सोमबार आयोजित पत्रकारहरुको एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सिटौलाले आफुले विगतमा यस क्षेत्रमा थुप्रै विकास निर्माणका आयोजनाहरु ल्याएको र ती योजनालाई पुरा गर्न आफ्नो जीत सुनिश्चित रहेको बताएका हुन् ।
उनले देशको आमुल परिवर्तका लागि आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै २०४६ सालदेखि अहिलेसम्मका परिवर्तकारी भुमिका रहेको भन्दै संविधानको बास्तविक कार्यन्वयनका लािग आफ्नो जीत अपरिहार्य रहेको उल्लेख गरे ।
नेता सिटौलाले विगत २०७४ सालको निर्वाचनमा माओवदीहरुको साथ नपाएर आफु पराजित भएको स्मरण गर्दै यस पटक भने सबैको सहयोग र आफुमा रहेको दावी गरे । मैले अहिलेसम्म मेरो क्षेत्रलाई छोडेर अन्य क्षेत्रमा उम्मेद्वार बन्न गएको छैन समृद्धिको उद्देश्य पुरा गर्न र वास्तविक संविधान कार्यन्वयन गर्न समेत यस क्षेत्रका सम्पुर्ण समुदाय र आम नागरिकहरुलाइृ आफुुलाई मतदान गर्न आग्रह गर्दछु नेता सिटौलाले भने ।
उनले आफुले क्षेमा मात्र नभएर समग्र देशको परिवर्तनका लागि समेत काम गर्ने बाचा गर्दै संघीयतासंगै संविधानको रक्षा गर्न पनि आफुलाई जिताउनै पर्ने बताए ।
बर्तमान गठबन्धन निर्वाचन पश्चात पनि रहने नेता सिटौलाले विगतको पाँच बर्षमा झापा क्षेत्र नं ३ मा विकास निर्माणका कुनै कार्य पनि नभएको बताए ।
उनले विकासका लागि यस क्षेत्रका जनताले आफुसंग गुनासो गर्ने गरे समेत बताए । आफुले जितेमा हात्ती नियन्त्रणका लागि जलथलको जंगलमा हात्तीवारको संरक्षण र सम्वर्धन गर्दै गिरीजाप्रसाद कोइराला स्मृति भवन निर्माण कार्यलाई समेत पहिलो प्राथाकिमकतामा राखेर काम गर्ने उनको भनाइ छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2विकास निर्माणका योजना पुरा गर्न आफ्नो जीत अपरिहार्य सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img