Homeसमाचारआचारसंहिता विपरित झापामा भोट माग्दै सरकारी कर्मचारी

आचारसंहिता विपरित झापामा भोट माग्दै सरकारी कर्मचारी

भद्रपुर २० कात्तिक। निर्वाचन आचार संहिता विपरित सरकारी कर्मचारीहरू खुलेरै भोट माग्न हिड्ने गरेको पाइए पनि निर्वाचन आयोगले झापामा कारवाही चलाउन सकेको छैन ।
निजामती सेवा, सरकारी संस्थान तथा सरकारी विद्यालय महाविद्यालयमा शिक्षण पेशामा सरकारी कर्मचारीका रूपमा कार्यरत अधिकांस कर्मचारी खुलेरै भोट मागिरहेको भए पनि निर्वाचन आयोगले कारवाही गर्न नसकेको पाइएको हो ।
निर्वाचन आचार संहिता उलंघमा नेकपा एमाले सम्बद्ध कर्मचारी तुलनात्मक रुपमा बढी सक्रिय पाइएको छ भने नेपाली काँग्रेस, माओवादी केन्द्र र राप्रपा संबद्ध कर्मचारी पनि भोट माग्न हिड्ने गरेको पाइएको छ ।
पछिल्लो पटक झापा क्षेत्र नम्बर १ र ३ का नेकपा एमाले राप्रपा गठबन्धनको उम्मेदवारलाई जिताउन भन्दै घरदैलो र कोणसभामा मेची अस्पतालमा कार्यरत कर्मचारी डिल्ली पोखरेल माइकिङ तथा उद्घोष गर्दै हिड्ने गरेका हरेक दिनका तस्वीर तथा भिडियोहरू नेकपा एमाले सम्बद्ध कार्यकर्ता र पार्टीका आधिकारिक पेजहरूमा देखिने गरे पनि सम्बद्ध निकायले ध्यान दिन सकेको छैन ।
चुनाव प्रचार पार्टीको इज्जत र दायित्व भएको बताउँदै टोल टोलमा सरकारी सेवाका कर्मचारी तथा शिक्षकहरू आउने गरेको समेत झापाका मतदाता बताउने गर्छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारआचारसंहिता विपरित झापामा भोट माग्दै सरकारी कर्मचारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img