Homeसमाचारसंविधान विराेधी कसरी देशभक्त हुन सक्छन्-सिटौला

संविधान विराेधी कसरी देशभक्त हुन सक्छन्-सिटौला

बिर्तामाेड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले घाटमा पुगेकाे राजतन्त्र अब फर्केर आउन नसक्ने दावी गर्नु भएकाे छ ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रतिनिधि सभामा प्रत्यासी उम्मेद्वार सिटौलाले संवैधानिक व्यवस्था अनुसार राज्यकाे ढुकुटीबाट सेवा सुविधा उपभाेग गरि त्यही संविधानका विरूद्वमा उभिने कहिले पनि देशभक्त हुन नसक्ने टिप्पणी गर्नु भयाे ।
लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले आ आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तिब्ता दिएका छन् ।
साेही अनुसार क्षेत्र नं. १ ले भद्रपुर नगरपालिका अन्तरगतका ९ र १० वडामा प्रतिनिधिसभाका प्रत्यासी उम्मेदवार विश्वप्रकाश शर्मा तथा प्रदेशसभाका उम्मेदवार गाेपाल तामाङ उपस्थितिमा घर दैलाे कार्यक्रम गरेका छन् ।
त्यस्तै क्षेत्रमा नं ३ अन्तरगत भद्रपुर, कचनकवलका केही वडाहरूमा घरदैलो कार्यक्रम गरिएकाे नेपाली कांग्रेस कचनकवल गाउसमितिका सचिव गीताप्रसाद भट्टराईले जानकारी दिनु भयाे ।
त्यसैगरी क्षेत्र नं. ४ का कनकाई र शिवसतासी नगरपालिकाका विभिन्न वडामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ । क्षेत्र नं.४ मा प्रतिनिधिसभाका प्रत्यासी उम्मेदवार देउकुमार थेवे र प्रदेशसभा सदस्य झलकसिं दर्लामी मगरकाे उपस्थितिमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएकाे हाे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंविधान विराेधी कसरी देशभक्त हुन सक्छन्-सिटौला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img