Homeसमाचारपहिचानका मुद्दा लागू गर्ने रानाकाे प्रतिवद्वता

पहिचानका मुद्दा लागू गर्ने रानाकाे प्रतिवद्वता

बिर्तामोड १९ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य पदमा लोकतान्त्रिक बाम–गठबन्धनबाट झापा क्षेत्र नं. २ को साझा उम्मेद्वार बनेका हरिकुमार रानाले आदिवासी तथा जनजातीले उठाउँदै आएका मुद्दाहरु लागू गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
उनले बिजयी बनेर सदन पुग्दा दृढका साथ आदिवासी र जनजातीले उठाउँदै आएका पहिचानका मुद्दा लागू गर्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् । रानाले पहिचानका मुद्दादेखि लिएर आदिवासी जनजातीका सांस्कृतिक, धार्मिक जस्ता मुद्दाहरु पनि सम्बोधन गर्ने प्रतिबद्धता गरेका छन् ।
नेपाल आदिबासी जनजाती महासंघ झापाको आयोजना तथा फोनज झापाको सहकार्यमा शनिवार (आज) बिर्तामोडमा भएको आदिबासी जनजातीहरुको अधिकार सम्बन्धमा उम्मेद्वारहरुको धारणा अन्तरक्रिया कार्यक्रममा उम्मेद्वार रानाले आदिबासी र जनजातीले उठाउँदै आएका मुद्दाहरु लागू गर्ने प्रतिवद्धता ब्यक्त गरेका हुन् ।
नेपाल आदिबासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डपलाल चौधरीको अध्यक्षता तथा इन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा भएको अन्तरक्रिया कार्यक्रमको सहजकर्ताको रुपमा दिपिन राईले रहेका थिए ।
अन्तरक्रियामा नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य पदमा झापा २ (क) बाट उम्मेद्वार बनेका एकराज कार्की र प्रदेश (ख) बाट उम्मेद्वार बनेका चिन्तक पाठकले पनि आ–आफ्नो धारण राखेका थिए भने प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार देबराज घिमिरे भने उपस्थित नभएको कार्यक्रमका संयोजक श्रेष्ठले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा लोकतान्त्रिक बाम–गठबन्धनबाट झापा क्षेत्र नं. २ (ख) बाट साझा उम्मेद्वार बनेका खगेन्द्र मैनाली, लोसपाबाट झापा २ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार त्रिनारायण राजवंशी, प्रदेशसभा सदस्य पदका उम्मेद्वार शिव आचार्य, जसपाबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार रामसुफत कामती, मालेका प्रदेशसभा सदस्य पदका उम्मेद्वार बासुराम पौडेल,र दुर्गा दाहाललगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।
सोही अन्तरक्रिया कार्यक्रमकाबिच किरात यायोख्या झापा अध्यक्ष गणेश राई र केवल राईको टोलीले साथै मेचे शिवियारी आफादले उपस्थित उम्मेद्वारहरुलाई ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रमको सञ्चालन महासंघका झापा सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा राई, लिम्बु, तामाङ, राजवंशी, धिमाल, सुनवार, चौधरी, धारु, श्रेष्ठ, मेचेलगायतका संघ÷संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपहिचानका मुद्दा लागू गर्ने रानाकाे प्रतिवद्वता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img