भद्रपुर । झापाको चन्द्रगढीमा रहेको झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको १६ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । चन्द्रगढीको केन्द्र मोडमा सम्पन्न सभामा संस्थामा आवद्ध ज्येष्ठ सदस्यसहित विभिन्न विधामा उत्कृष्ठ ९ जनालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसरी सम्मानित हुने उत्कृष्ठ बचतकर्ता तुलसीकृष्ण पोखरेल, ऋणी रुषा राई, अनिवार्य बचतकर्ता, रञ्जित ठाकुर र १२ महिने आवधिक बचतकर्ता गिता दाहाललाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
यसै गरी सहकारीका जेष्ठ सदस्यद्वय कमलमाया बस्नेत र सदानन्द भट्टराईलाई दोसल्ला र खाद्य सामग्रीहरु प्रदान गर्नुका साथै प्रशंसा पत्रले सम्मान गरिएको थियो । त्यसै गरी शेयर सदस्य सन्तती पुरस्कारबाट २०७८ सालको एसइइ उत्कृष्ठ नितिन निरौला र छात्रा निर्मला धमलालाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुतु गर्दै अध्यक्ष हरी गौतमले १ करोड १२ लाख ५ हजार ९ सय रुपैयाको शेयर पँुंजी रहेको र्बािर्षक प्रतिवेदन प्रस्तुत गर्दै चालु आ्व. २०७९/८० को बचत तथा ऋण कार्यक्रमका बारेमाु जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेल, नेफ्कुनका केन्द्रिय सदस्य घनश्याम अधिकारी, चन्द्रगढी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, सपनादेवी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद घिमिरे, ज्ञानोदय बचत तथा ऋण सहकरी संस्थाका सदस्य लता खरेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष भरत पोखरेल र संचालन सचिव टिकाराम उप्रेतीले गर्नु भएको थियो ।
सामुदायिक बचत तथा ऋण सहकारीको १६ औं बार्षिक साधारणसभा

































































































