HomeFeatured 2झापा ५ मा गठबन्धन उम्मेद्वारको प्रतिबद्धता पत्र सार्वजनिक

झापा ५ मा गठबन्धन उम्मेद्वारको प्रतिबद्धता पत्र सार्वजनिक

दमक १८ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट झापा क्षेत्र नम्बर ५ का उम्मेद्वारहरुले आगामी निर्वाचनका लागी आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।
दमक ६ सिद्धीमार्केटस्थित गठबन्धनको निर्वाचन प्रचार कार्यालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी, कांग्रेस समानुपातिक उम्मेद्वार अईन्द्र बिक्रम केरुङ, प्रदेशसभा उम्मेद्वार गगन पुरी, निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बू, माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत सहितले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गर्दै प्रतिधिनिसभाका उम्मेद्वार डा.अधिकारीले यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ४० वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको बताए । यस क्षेत्रमा रहेका समुदायिक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने उनले बताए । त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
त्यस्तै प्रदेशसभा (२) का उम्मेद्वार पुरीले झापाको कमल गाउँपालिकामा रहेको आदिबासी रंगशालालाई अत्याधुनिक रुपमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । त्यस ठाउँमा आदिबासी समुदायको पितृहरुको चिहान हटाइएकाले आदिवासीकै नाउँमा रंगशाला निर्माण गर्ने उनले बताए । त्यस्तै आफ्नै अगुवाईमा भैरहेको फाल्गुनन्द मार्गको निर्माणको कामलाई पनि सम्पन्न गर्नका लागी आफुहरुलाई जिताउनु पर्ने उनले आग्रह गरे । यस क्षेत्रका भुमिहिनहरुको समस्या समाधानका लागी स्थानीय सरकारमा गठबन्धन निर्वाचित भएपछि काम सुरु भएको भन्दै पुरीले धनिपुर्जा वितरणको चरणमा पुगेकाले अरु ठाउँका भुमिहिनहरुको समस्या समाधानका लागी पनि आफुहरु निर्वाचित हुनै पर्ने जिकिर गरे । सुकुम्बासीहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लागउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनीहरुलाई जनताले चिनिसकेको भन्दै पुरीले अब नागरिकहरुले परिवर्तनका पक्षधरलाई भोट दिने उल्लेख गरे ।
कार्यक्रममा निवर्तमान सांसद महेन्द्रकुमारी लिम्बूले लोकतन्त्र जोगाउन र मुलुकको बिकासका लागी गठबन्धन गर्नु परेको बताउँदै गठबन्धनमा मतदान गर्न सबै नागरिकहरुलाई आग्रह गरिन् । आदिवासी जनजातिको अधिकार स्थापित गर्नका साथै यस क्षेत्रको समता मुलक बिकासका लागी गठबन्धनले जित्नै पर्ने उनले जोड दिईन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापा ५ मा गठबन्धन उम्मेद्वारको प्रतिबद्धता पत्र सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img