HomeFeatured 2आदिवासीका मुद्दामा उम्मेद्वारहरु एकजुट हुनेमा प्रतिवद्धता

आदिवासीका मुद्दामा उम्मेद्वारहरु एकजुट हुनेमा प्रतिवद्धता

काँकरभिट्टा/ नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले लोकतन्त्रलाई स्थायित्व कायम गर्न आदिवासी जनजाति र भूमिपुत्रहरुको अधिकार सुरक्षित हुनुपर्ने बताएका छन् ।
आदिवासी जनजाति महासंघ झापाले उम्मेद्वारसँग काँकरभिट्टामा गरेको अन्तरक्रियामा उम्मेद्वार शर्माले वाक स्वतन्त्रतादेखि हरेक नेपालीको मौलिक सांस्कृतिक र पहिचान स्थापित गर्नसके मात्र लोकतन्त्र स्थायित्व रहने बताए ।
काँकरभिट्टाको सामुदायिक भवनमा आयोजित कार्यक्रममा नेता शर्माले थुप्रै प्रश्नको जवाफ दिँदै राष्ट्र सक्षम रहे नेपाल सक्षम रहनेमा जोड दिँदै झापाको दमकमा रहेको आदिवासी रंगशालालाई स्थायित्व कायम गर्न तत्पर रहेको प्रतिवद्धता जनाए ।
रक्रियामा एमालेका उम्मेद्वार अग्नी खरेलले समग्र जातिको विकास गर्न नेकपा एमालेले दृढ संकल्प लिएको बताए । उनले भने, ‘२०६२÷०६३ को जनआन्दोलनको जगलाई टेकेर संविधान बने पनि थुप्रै अधिकारहरु सुनिश्चित गर्नुपर्ने भएको हुँदा नेकपा एमाले तयार रहेको छ ।’
कार्यक्रममा संघीय समाजवादीका उम्मेद्वार राजा थापाले पहिचानवादी शक्तिहरु एक हुनुपर्ने बताउँदै आदिवासी जनजातिहरुको हक सुनिश्चितताको लागि आफू तयार रहेको बताए । क्षेत्र नं. १ प्रदेश सभा ‘क’ का उम्मेद्वार रविन कोइरालाले स्थानीय स्तरबाट उठेका थुप्रै मुद्दा हल गर्न आफू तयार रहेको बताए ।
लोकतान्त्रिक बाम गठबन्धनका गोपाल तामाङले संघ सरकारले देख्न नसकेका कामहरु आफू निर्वाचित भए पूरा गर्ने वाचा राखे । अर्का उम्मेद्वार श्यामबीर लिम्बूले पहिचानको वकालत गर्दै आएको आफ्नो पार्टी माओवादीले आदिवासीका थुप्रा मुद्दाहरुलाई समाधान गर्न लागि परेको हुँदा आफू एक इन्च तल नहट्ने बताए ।
संघीय समाजवादीबाट प्रदेश ‘ख’ का उम्मेद्वार ओमप्रकाश खापुङले क्षेत्र नं. १ मा आदिवासीका मुद्दा अनगिन्ती रहेको छ, आदिवासीका समाधीदेखि लिएर शिक्षा, स्वास्थ्यको उत्तिकै समस्या भएको हुँदा त्यसको दीर्घकालिन समाधानका लागि आफू तयारी रहेको बताए ।
महासंघ अध्यक्ष पाण्डपलाल चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सहजीकरण फोनिजका कमन देवानले गरेका थिए । महासंघका उपाध्यक्ष केवलराम राईले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा १ नं. क्षेत्र भरिका आदिवासी जनजाति तथा अधिकारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । यसरी नै जनजाति महासंघले कात्र्तिक १९ गते झापा क्षेत्र नं. २ मा, उम्मेद्वारहरुसँग अन्तरक्रिया गर्ने भएको अध्यक्ष चौधरीले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2आदिवासीका मुद्दामा उम्मेद्वारहरु एकजुट हुनेमा प्रतिवद्धता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img