Homeसमाचारगठबन्धनलाई अपवित्र भनिएको प्रति रानाको कटाक्ष- 'जनआन्दोलन दबाउने पवित्र हुन'

गठबन्धनलाई अपवित्र भनिएको प्रति रानाको कटाक्ष- ‘जनआन्दोलन दबाउने पवित्र हुन’

बिर्तामोड १७ कात्तिक । लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नम्बर २ का साझा उम्मेदवार हरिकुमार रानाले सत्तापक्षीय गठबन्धनलाई अपवित्र गठबन्धन भनिएको प्रति कटाक्ष गरेका छन् । उम्मेदवार रानाले एमाले–राप्रपाका उम्मेदवारहरुले सत्तापक्षीय गठबन्धनलाई अपवित्र भनेकोप्रति कटाक्ष गरेका हुन् ।
गठबन्धन दलको दोस्रो चरणको चुनावी प्रचारप्रसारको क्रममा उम्मेदवार रानाले २०६२/६३ सालको जनआन्दोलन दबाउने गृहमन्त्रीले सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा उठ्दा पवित्र गठबन्धन हुने ? भन्दै प्रश्न गरे । रानाले बिहीबार कनकाई–८ को लक्ष्मीपुर चोकमा आयोजित कोणसभामा बोल्दै लोकतन्त्र स्थापनाका लागि हिजैका दिनदेखि सहकार्य गर्दै आएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र तत्कालिनसमयमा नेकपा एमालेमा रहेर हाल नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेकाहरु एक ठाउँमा हुँदा त्यसलाई प्रतिपक्षीहरुले अपवित्र गठबन्धन भन्ने तर हिजो त्यहि जनआन्दोलन दबाउन भूमिका निर्वाह गर्ने तत्कालिन गृहमन्त्री कमल थापाले सूर्य चुनाव चिन्ह लिँदा पवित्र र निष्कलंक हुने भन्दै प्रश्न गरेका हुन् ।
साझा उम्मेदवारको रुपमा रहेको आफूले नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएकोमा अनर्गल प्रचार गरेको भन्दै उनीहरुको कडा आलोचना गरेका छन् । रानाले हिजो आफू जनप्रतिनिधि भएर अर्जुनधारामा गरेको काम जनताले देखेको हुँदा भोलिका दिनमा पनि साथ र समर्थन गर्न आग्रह गरे । रानाले संघीय सांसदको दुईवटा काम हुने प्रष्ट्याए । रानाले के कस्ता ऐन कानुन बनिरहेका छन् भनेर जनतालाई सुसूचित गर्ने र आफ्नो निर्वाचन क्षेत्रमा अधिकतम विकासका लागि बजेट विनियोजन गराउने कार्य सांसदले गर्नुपर्ने बताए ।
झापा निर्वाचन क्षेत्र नम्बर २ (१) का प्रदेशसभाका उम्मेदवार पुष्प पोखरेलले गठबन्धन दलका उम्मेदवार पराजित हुनु भनेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको पराजय हुने भन्दै निर्वाचनमा सक्रिय सहभागी हुन मतदाताहरुलाई आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ तथा समानुपातिक उम्मेदवार सरिता प्रसाईले केपी ओलीले पटक पटक संसद विघटन गर्ने दुष्प्रयास गरे पश्चात ६३ सिटमात्र भएको नेपाली कांग्रेसलाई मुलुकको संविधान रक्षाका लागि अन्य दलहरुले गरेको आग्रहका कारण नेपाली कांग्रेसले सत्ता सम्हालेको बताइन् । हालको गठबन्धन नेकपा एमालेले सिर्जना गरेको बाध्यकारी स्थिति भएको भन्दै नेपाली कांग्रेससँग नरिसाई गठबन्धन दलका उम्मेदवारलाई बिना संकोच मत हाल्न कांग्रेस समर्थकहरुलाई आग्रह गरिन् । उनले प्रत्यक्ष तर्फ गठबन्धनको चुनाव चिन्हमा र समानुपातिकमा रुख चुनाव चिन्हमा मत हाल्न अनुरोध गरिन् ।
गठबन्धनले विहीबार कनकाई ८ को लक्ष्मीपुर चोक वरपर घरदैलो गर्नुका साथै लक्ष्मीपुर चोकमा कोणसभा सम्पन्न गरेको छ । त्यस्तै कनकाई ९ को कोच भवन वरपर, लकडीगद्दी र पशुहाट आसपासका क्षेत्रहरुमा घरदैलो पश्चात घैलाडुब्बा चोकमा कोणसभा गरेको छ । कोणसभामा स्थानीय नेता गोविन्द श्रेष्ठले स्थानीय समस्याहरु राखेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य (अग्नी), सहइञ्चार्ज ज्योतिसिं दर्लामी, सीपी कडरिया, नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, कार्यवहाक सभापति केशवराज पाण्डे, क्षेत्रीय सभापति लक्ष्मी आचार्य, नेकपा एकिकृत समाजवादीका उपसचिव तथा प्रचार विभाग प्रमुख तीर्थ सिग्देललगायत गठबन्धन दलका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । 

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगठबन्धनलाई अपवित्र भनिएको प्रति रानाको कटाक्ष- 'जनआन्दोलन दबाउने पवित्र हुन'
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img