Homeसमाचारबिराट भरत विश्रान्ती झापाकाे पाँचाै बार्षिक साधारणसभा सम्पन्न

बिराट भरत विश्रान्ती झापाकाे पाँचाै बार्षिक साधारणसभा सम्पन्न

बिर्तामाेड ३१ असाेज ।बिराट भरत विश्रान्ती झापाकाे पाँचाै बार्षिक साधारणसभा तथा चाैथाे अधिवेशन साेमबार सम्पन्न भएकाे छ ।
संस्थाका अभ्यक्ष हर्कलाल गिरीमाे अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंकाे प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाकाे बार्षिक प्रतिवेदन अध्यक्ष गिरीले प्रस्तुत गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि प्रसाईंले करलाई व्यवस्थत नगर्दा हाम्राे विकास निर्माण कार्य अघि बढ्न कठिन हुने देखिएकाे छ बताउनु भयाे ।
संस्थाका प्रमुख संरक्षक राजेश खड्काले राजेश खड्काले बिराट भरत बिश्रान्तीलाई झापाकाे ल्याण्डमार्क गरेर संरचना निर्माण गर्नुपर्ने बताउनु भयाे ।
कार्यक्रममा संघसंस्थाका तर्फबाट मन्तव्य राख्दै बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता सिमतिका अध्यक्ष जलकुमार गुरूङले राज्यले गर्नुपर्ने काम बिर्तामोडबासी सिङ्गो कार्यसमिति र जग्गा दताले गरेकाे याेगदानकाे प्रशंसा गर्नुभएकाे थियाे। आजिवन सदस्यहरूकाे तर्फबाट उमानाथ ओली, राेटरी क्लक अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण विमली, लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष नम्रता रिजाल लगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।
महासचिव गाेपीकृष्ण प्रसाईंले सञ्चालन गरेकाे कार्यक्रममा स्वागत माेहन पायुमले गर्नुभएकाे थियाे ।
राजनीतिज्ञ सिके प्रसाईं र गिरीराजकुमारी प्रसाईं र उहाँकाे परिवारले उपलब्ध गराएकाे दुई बिगाहा १५ धुर जमिनमा असहाय ज्येष्ठ नागरिकलाई निशुल्क आवास, स्वास्थ्य तथा हेरचाहकाे व्यवस्था, सक्षम बेसहारा ज्येष्ठ नागरिकलाई सशुल्क आवास तथा हेरचाहकाे व्यवस्था गर्ने उद्देष्यले बिराट भरत विश्रान्तीकाे निर्माण कार्य निरन्तर चल्दै आएकाे छ ।
सातवर्ष अघि ८ कराेड बढी लगानीमा भाैतिक संरचना निर्माणकाे याेजना बनाएपनि दाताकाे सहयाेगमा निर्माण कार्य अघि बढ्ने क्रममा निर्माण कार्य जारी छ ।
साधारणसभाले आजै नयाँ कार्यसमिति गठन गर्ने बताइएकाे छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिराट भरत विश्रान्ती झापाकाे पाँचाै बार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img