बिर्तामोड ३० असोज। झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार हरिकुमार रानाले एउटा दलले मात्र देश निर्माण गर्न नसक्ने प्रमाण २०७७/०७८ बाट स्पष्ट भएको बताउँदै संयुक्त गठबन्धले मात्र देशको भविश्य कायकल्प गर्न सक्ने बताउनु भएको छ ।
झापा क्षेत्र नं.२ (१) को लोकतान्तिक बाम गठबन्धनको संयुक्त चुनाव प्रचारप्रसार समितिको आइतवार (आज) बिर्तामोडमा कार्यालय उद्घाटन गर्दै नेता रानाले कांग्रेस, माओवादी, नेकपा एसलगायतका दलका शिर्ष नेताहरुले हिम्मत र साहस गरेर चालेको कमद स्वागत योग्य रहेको बताउनु भएको हो।
नेता रानाले देशलाई उन्नती, प्रगतिको पथमा लानका लागि एकदलिय शासनले नसक्ने जिकिर गर्दै लोकतान्तिक बाम–गठबन्धनले मात्र त्यो सम्भव हुने भनाइ थियो। गठबन्धन दलहरुले चालेको कदमले नै जीत हासिल गरेको बताउँदै परिणाम मात्र पर्खिएको बताउनु भयो। ‘एकता नै बल हो’ उम्मेद्वार रानाले भन्नुभयो–‘देशमा प्रजातन्त्र ल्याउनका सवै दलको एकता भएर मात्र सम्भव भएको थियो ।’
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदका उम्मेद्वारको चुनावी प्रचारप्रसार गर्ने उदेश्यले आइतवार बिर्तामोडस्थित लिटल फ्लावर्स स्कुलको अगाडी पट्टि कार्यालय सञ्चालन गरिएको हो ।
झापा क्षेत्र नं. २ (१) का निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य (१) का उम्मेद्वार पुष्पराज पोखरेल, निर्वाचन परिचालन समितिका सह–संयोजक मोहन सुब्वा, श्रीप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव गणेश कालिकोटेले गर्नुभएको थियो ।
क्षेत्र नं. २ (१) को चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन

































































































