Homeसमाचारकालीस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने

कालीस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने

कालीस्थान ३० असोज । कालिकापीठ कालीस्थानको १८ औं बार्षिक उत्सबको अवसर पारेर ११ दिने बृहत धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध महापुराण आयोजना गरिने भएको छ ।
धान्य पूर्णिमाको अवसर पारेर आगामी मंसिर १८ गतेदेखि प्रारम्भ हुने बार्षिकोत्सबको तयारीका लागि कालिकापीठमा छलफल सम्पन्न भएको छ ।
छलफलमा स्कन्ध पुराणबारे जानकारी गराउदै कालिका संस्कृत बिद्यापीठका प्राचार्य रघुनाथ रिजालले पुराणहरुमध्ये स्कन्ध पुराण सबैभन्दा ठुलो रहेको चर्चा गर्दै सर्बजनहिताय, सर्बजनसुखाय एवं पीठमा अक्षयकोष वृद्धिको लक्ष्य राखेर पुराण एवं महारूद्राभिषेक महायज्ञ आयोजना गरिने बताउनुभयो ।
अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीले सनातन धर्मावलम्बीहरुमा धार्मिक कार्यमा सशक्त सहभागिता जनाउने बिगतको प्रचलन तुलनात्मक रूपमा घटेको बताउँदै भावी पुस्तालाइ संस्कार र संस्कृति बुझाउनुपर्नेमा जोड दिनुभयो ।
पश्चिममा मुलुकका नागरिकहरुले वैदिक धर्मग्रन्थबारे अध्ययन–अनुसन्धान गरिरहेको अवस्थामा पूर्वीय संस्कृति पुस्तान्तरण गर्नुपर्ने आवश्यकता उपमेयर पराजुलीले औंल्याउनुभयो ।
पीठका अध्यक्ष ज्योतिषी पं. लक्ष्मीप्रसाद पोखरेलले यज्ञले घर–परिवार, गाउँ, जिल्ला र राष्ट्र र वातावरणमा शुद्धता ल्याउने र पर्यावरणीय शुद्धता प्राप्त भए मानिसमा सदाचार उत्पन्न हुने धारणा राख्नुभयो ।
छलफलमा अर्जुनधारा नगरपालिका–९ का वडाध्यक्ष भीष्म मिश्रले निश्चित लक्ष्य राखेर गरिने यज्ञ सफल हुने बताउदै देबीको शक्तिपीठका रुपमा स्थापित कालिकापीठ तीर्थस्थलको व्यापक प्रचार –प्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त छलफलमा अर्जुनधारा नगरपालिका वडा नम्बर–१० का वडाध्यक्ष एवं नगरपालिकाका प्रबक्ता भुपेन्द्र न्यौपानेले कार्यक्रम सफल पार्न व्यापक प्रचारप्रसार गर्नु आवश्यक रहेको बताउँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
छलफलमा शेखरनाथ अधिकारी, कर्णबहादुर तामाङ, खोम मिश्र, भानु निरौला, रुपनारायण भण्डारी, इन्दु पुर्बेली, तारा गिरी, गान्धारी मिश्र, रेणु बस्नेत, पर्शुराम कटुवाल लगायतले आ–आफ्नो धारणा राख्नुभयो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष डिल्लीराम दाहाल र सचिव भोला पोखरेलले संयुक्त रुपमा गर्नुभएको थियोे ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालीस्थानमा धार्मिक महोत्सव एवं श्रीमद्स्कन्ध पुराण हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img