Homeसमाचारसंयुक्त गठबन्धनको कनकाईमा, जनअनुमोदित भएर काम गर्ने अवसर माग्दै थेवे

संयुक्त गठबन्धनको कनकाईमा, जनअनुमोदित भएर काम गर्ने अवसर माग्दै थेवे

सुरुङ्गा २९ असोज । झापा क्षेत्र नं. ४ का गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्धार देउकुमार थेबेले जनअनुमोदित भएर काम गर्ने अवसर दिन कनकाई बासीसंग आग्रह गर्नुभएको छ ।
गठबन्धन दलको प्रचार प्रसार तथा घरदैलो कार्यक्रमको कनकाईमा उदघाटन गर्दै थेबेले आफु सत्ता र सांसदको भूमिकामा नरहँदा पनि सत्तामा रहनेको भन्दा दोब्बर बढी काम गरेको उल्लेख गर्दै क्षेत्र नं. ४ को विकासका लागि मंसिर ४ गतेको निर्वाचनमा आफूलाई जिताउन आग्रह गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै थेवेले संसद र सत्ता केहीमा नरहँदा पनि आफूले क्षेत्र नं. ४ को विकास निर्माण, बाढी पहिरो (प्राकृतिक तथा दैवीक विपत्ती) मा पनि संगसंगै रहेको उल्लेख गर्दै जनअनुमोदित भएपछि काम गर्न अझ सहज हुने बताउनु भयो ।
सो क्रममा थेबेले कनकाई ३ को रोडपारीको क्षेत्रमा मात्रै आफ्नै पहलमा इलाका प्रहरी कार्यालयको भवनका लागि बजेट परेको सुधिर मार्गको स्तरोन्नति र कालोपत्रेका लागि ५० लाख रुपैँयाँ बजेट छुट्टिएको, धनुषकोटी क्षेत्रमा तटबन्ध देखि लिएर छठ पुजाका लागि समेत बजेट विनियोजन गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँनुभयो । आफू पराजित हुँदा पनि विकास निर्माणका क्षेत्रमा केही महत्वपूर्ण काम गरेको छु थेवेले भन्नुभयो–‘जित्दा झापा ४ का जनतालाई केपीजीले दमकमा गरेको विकास भन्दा चार दोब्बर काम गरेर देखाउँछु । म हार्दा पनि जित्दा पनि तपाईहरुकै गाउँघरमा भेटिनेछु ।’
थेबेले कनकाई ३ सुरुङ्गास्थित पाथिभरा देवीको मन्दिरमा वाचा गर्दै आफ्नो घोषणापत्र प्रस्तुत गर्नुभएको थियो ।
संचारकर्मी मनोज बस्नेतले संचालन गरेको कार्यक्रममा झापा क्षेत्र नम्बर ४ को प्रदेशसभाका उम्मेद्धार एकराज उप्रेती, स्थानीयवासीको तर्फबाट विज्ञान संग्रौला लगायातले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा कांग्रेस नगर सभापति दुर्गा प्रसाई, माओवादी कनकाई नगर अध्यक्ष यामनाथ सेडाई, नेकपा एसका कनकाई नगर अध्यक्ष प्रतिक राजवंशी, संयुक्त प्रचार समितिका संयोजक जयनारायण शाह, लगायतको कार्यक्रममा आतिथ्यता रहेको थियो कार्यक्रमको सभापतित्व कांग्रेसका कनकाई २ का सभापति बुद्धिमान बोहोराले गर्नुभएको थियो ।
गठबन्धन दलको तर्फबाट १ र २ नम्बर वडामा शनिवार र आइतवार घरदैलो अभियान जारी रहने प्रचार समितिका मनोज बस्नेतले बताउँनुभयो ।
शनिवार थेबले कनकाई १ र २ का आधादर्जन स्थानमा कोषसभाको आयोजना गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंयुक्त गठबन्धनको कनकाईमा, जनअनुमोदित भएर काम गर्ने अवसर माग्दै थेवे
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img