भद्रपुर २९ असोज । चुनावी अभियान अन्र्तगत नेपाली काँग्रेस झापा निर्वाचन परिचालन समितिले भद्रपुर १० चन्द्रगढीमा रहेका टोल समितिसंग सुझाव संकलन तथा अन्तरक्रिया सम्पन्न गरेको छ ।
वडा सभापति विष्णुप्रसाद काफ्लेको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि अशोक पोखरेलको प्रमुख आतिथ्यमा भद्रपुर १० मा रहेका ११ वटा टोल समिति तथा सकृय सदस्यहरूसित निर्वाचनको परिणाम सकारात्मक प्राप्त गर्न स्थानीय स्तरमा के के समस्याको समाधान पर्ने सुझाव समेत संकलन गरिएको हो ।
कार्यक्रममा धारणा राख्दै प्रमुख अतिथि पोखरेल, जिल्ला सदस्य डम्बरबहादुर वन, रमेश पोखरेल, पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, प्रदेश प्रतिनिधि गोविन्द लम्साल लगायतले धारणा राख्दै प्रतिपर्धी दलहरूका बिरूद्ध नकारात्मक नबनी स्वच्छ निर्वाचनको वातावरणबाट जीत निकाल्ने गरी प्रचार प्रसारमा लाग्न आग्रह गरेका थिए भने सहभागीहरूले पूर्वाधार विकासमा पछाडि छाडिएको चन्द्रगढी क्षेत्रको उन्नतिका लागि विशेष कार्ययोजना पेश गर्नुपर्ने सुझाव दिएका थिए ।
काँग्रेस झापा १ को चुनावी रणनीतिका लागि सुझाव संकलन

































































































