भद्रपुर २९ असोज । प्रकाश एकता कृषि सहकारी संस्था भद्रपुरले संस्थाको १५ औं बाािर्षक साधारण सभाको अवसर पारेर समाजसेजी तथा सहकारीका सहयोगीहरु ६ जनालाई सम्मान गरेका छ ।
प्रदेश नं एक माननीय भुमी व्यवस्था तथा गरिवी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यतामा भद्रपुर ९ देवकोटा चोक स्थित मुना सामुदायिक भवनमा शनिबार सम्पन्न सभामा सहकारी एकीकरणमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने समाजसेवी विष्णुप्रसाद शिवाकोटी, बद्रीप्रसाद उप्रेती, निर्मला पोखरेल , परमानन्द मिश्र, भगिरथ नेपाल र भद्रपुर नगरपालिका पशु शाखा प्रमुख रोहित कुमार कार्कीलाइ सम्मान गरेको हो ।
सम्मानितलाई कार्यक्रमका प्रमुख अतिथि सरावगी, संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, नगर उपप्रमुख राधा कार्की लगायतले प्रमाण पत्र सहित करुवा प्रदान गर्दै सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरावगीले सहकारीहरुले सरकारी विद्यालयको शैक्षिक सुधार तथा कृषिका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष श्रेष्ठले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, सहकारी अभियन्ता बशिष्ठ अधिकारी, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष चुडामणी मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव शालिकग्राम नेपालले संचालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष मन्जु पोखरेलले गर्नुभएको थियो ।
प्रकाश एकताको साधारणसभामा ६ जनालाई सम्मान

































































































