बिर्तामोड २९ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १२ औं बार्षिक साधारणसभा तथा माइन्युट प्रमाणीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष सुभास भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा बिर्तामोड–४ स्थित इन्द्रेणी ब्याङ्क्वेटमा आयोजित बार्षिक साधारणसभामा अध्यक्ष भट्टराईले संस्थाको गत आर्थिक वर्षको गतिविधि समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको लक्ष्यमा ४२.३३ प्रतिशतले वासलातमा बृद्धि भइ २ अर्व ६३ करोड ६२ हजार ४८८ पुगेको बताउनु भयो । अघिल्लो आवमा १ अर्व ८४ करोड ७७ लाख ६३ हजार २६९ रहेको थियो ।
५५ जनाको सक्रियतामा १२ वर्ष अघि २० लाख ५० हजार शेयर पूँजीबाट साविक झापाका केही गाविसहरुलाई कार्य क्षेत्र बनाई शुरु भएको सिम्रिकले १२ औं वर्षमा आइपुग्दा झापाका सबै, इलामका ७ र मोरङका ८ वटा पालिकामा सेवाकेन्द्र मार्फत वित्तिय कारोबार गर्दै आएको बताइएको छ भने पाँचथरका सबै पालिकामा कार्य क्षेत्र रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण सम्पन्न गरी सेवा प्रवाहको अन्तिम चरणमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।
४७ वटा सेवा केन्द्रमार्फत वित्तिय सेवा प्रवाह गर्दै आएको १४ हजार ५५ जनालाई लगानी गरेको सहकारीले २ अर्ब १६ करोड कर्जा प्रवाह गरेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताउनु भयो ।
सामाजिक उत्तरदायित्व अन्तरगत सिम्रिकले कर्जा मिनाहा, स्वास्थ्य उपचार, मृत्यु राहत, प्राकृतिक प्रकोप लगायतका शिर्षकमा १ हजार १ सय ७३ जनालाई १ करोड ८१ लाख ३५ हजार ४४८ रुपैयाँ रकम हस्तान्तरण गरेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिशेष अतिथि जिल्ला सहकारी संघका सचिव भानु दंगाल, बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, विवेक ओली, टुकराज दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारीका विभागीय प्रमुख बिजय बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले गर्नुभएको थियो ।
गत असोज १२ गतेदेखि इकाईगत साधारणसभा प्रारम्भ गरेको संस्थाले शनिबार अन्तिम तथा माइन्युट प्रमाणीकरणसहितको १२ औं बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सोही कार्यक्रममा संस्थाको नियमानुसार दुईजना दिवंगत शेयर सदस्यको ऋण मिनाहा गरेको प्रमाणपत्र समेत हस्तान्तरण गरेको छ ।

































































































