HomeFeatured 2शिवाकोटीको संयोजकत्वमा झापा क्षेत्र नं.२ निर्वाचन परिचालन समिति गठन

शिवाकोटीको संयोजकत्वमा झापा क्षेत्र नं.२ निर्वाचन परिचालन समिति गठन

विर्तामोड २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आम निर्वाचनमा प्रतिगमनविरुद्ध संगठित गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन नेपाली कांग्रेसका नेता सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा २ नं क्षेत्रस्तरीय निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ ।
मूल समितिको सहसंयोजकहरुमा नेकपा माओवादी केन्द्रका धर्मशिला चापागाई, नेकपा एस.बाट निलमणि बराल र नेपाली कांग्रेसबाट कृष्ण हुमगााई तथा सदस्य सचिवमा नेकपा माओवादीका सि.पि. कडरिया रहनुभएको छ ।
त्यसैगरी झापा क्षेत्र नं–२ प्रदेश १ मा नेपाली कांग्रेसका प्रदेश सभापति लक्ष्मी आचार्यको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ भने २ को २ मा किरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको छ ।
त्यसैगरी निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी रुपमा जनस्तरसम्म पु¥याउन कृष्ण हुमागाईको संयोजकत्वमा चुनाव प्रचार–प्रसार समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा तीर्थ सिग्देल, सचिवमा उद्वव पुरी रहनुभएको छ । त्यसैगरी समितिको सदस्यमा रेजिना गौतम, सुशिला संग्रौला, इन्दु पूर्वेली, कुमार भट्टराई, पवन किराती, पुष्प खड्का, जगन्नाथ भट्टराई रहनुभएको २५ सय १ सदस्यीय समिति गठन गरिएको छ ।
त्यसैगरी बैठकले प्रत्युस रानाको संयोजकत्वमा सात सदस्यीय आर्थिक ब्यवस्थापन समिति गठन गरिएको छ । संगठन परिचालन समिति, महिला परिचालन समिति, युवा परिचालन समिति, विद्यार्थी परिचालन समिति र भातृ तथा जनवर्गीय संगठन परिचालन समिति पनि गठन गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2शिवाकोटीको संयोजकत्वमा झापा क्षेत्र नं.२ निर्वाचन परिचालन समिति गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img