HomeFeatured 2प्रतिनिधिसभा सदस्यमा झापाबाट एमालेका ४ उम्मेद्वार,राप्रपासंग तालमेल

प्रतिनिधिसभा सदस्यमा झापाबाट एमालेका ४ उम्मेद्वार,राप्रपासंग तालमेल

झापा २३ असोज । आगामी मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि झापामा नेकपा एमालेका तर्फबाट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि अग्निप्रसाद खरेलले उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन् ।

No description available.


यसैगरी निर्वाचन क्षेत्र नम्बर १ (क) का लागि प्रदेशसभा सदस्यमा रविन कोइरालाले एमाले नेताहरुले मनोनयन दर्ता गराएका हुन् ।


त्यसैगरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट देवराज घिमिरेले मनोनयन पत्र दर्ता गराक्षेत्र नं २ प्रदेश निर्वाचन क्षेत्र अन्तरगत (क) मा एकराज कार्की र र (ख) मा चिन्तन पाठकले उम्मेदवारी दर्ता गरेका छन् । अर्जुनधारा नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगेर एमाले नेताहरुले मनोनयन दर्ता गरेका हुन् ।

Open photo


यसैगरी एमालेको समर्थनमा झापा क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन् । लिङ्देनको उम्मेद्वारीसंगै यो पटक पनि कांग्रेस नेता कृष्णप्रसाद सिटौला र लिङ्देनबीच चुनावी प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
त्यस्तै प्रतिनिधिसभा सदस्यकै लागि नेकपा एमालेका तर्फबाट क्षेत्र नं. ४ मा एलपी साँवाले उम्मेद्वारी दर्ता गराएका छन् । साँवाको उम्मेद्वारीसंगै कांग्रेसका देउकुमार थेवेसंग चुनावी प्रतिष्पर्धा हुने भएको छ ।
झापाको निर्वाचन क्षेत्र नम्बर ५ का लागि प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन पत्र दर्ता गराएका छन् ।


यसैगरी निर्वाचन क्षेत्र नम्बर ५ (१) का लागि प्रदेशसभा सदस्य पदमा हिक्मतकुमार कार्की र क्षेत्र नं। ५ (२) का लागि होमबहादुर थापाले पनि तोकिएको समयमा उम्मेदवारी दर्ता गरेका छन् ।
दमक नगरपालिकामा रहेको निर्वाचन कार्यालयमा पुगेर एमाले अध्यक्ष ओली, स्थायी कमिटीका सदस्य कार्की र प्रदेश कमिटीका सदस्य थापाले आफ्नो आफ्नो उम्मेदवारी तोकिएको पदमा मनोनयन दर्ता गरेका हुन् । नेकपा एमालेका उम्मेदवारहरुसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु पनि गएर संयुक्त उम्मेदवारहरुको मनोनयन दर्ता गराएका हुन् । क्षेत्र नं. ३ र ५ मा राप्रपा र एमालेले तालमेल गरेका छन् । २०७४ को निर्वाचनमा पनि यी दुई क्षेत्रमा तालमेल गरेपछि मात्र एमालेका ओली र राप्रपाका लिङ्देनको जीत संभव भएका कारण पनि शीर्ष नेताले आफू सुरक्षित हुनका लागि लोकतन्त्रवादी र राजावादीबीच तालमेल संभव भएका विश्लेकहरुको टिप्पणी छ । विश्लेक भन्छन्–‘एमाले–राप्रपा संगै विचार, नीति, सिद्धान्त केही पनि नमिल्ने दलसंगको चुनावी गठबन्धन स्वार्थका लागि मात्र हो । यसले जनतालाई केही पनि दिन सक्दैन । नेतालाई कुर्सीमा पुर्याउँने मात्र हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2प्रतिनिधिसभा सदस्यमा झापाबाट एमालेका ४ उम्मेद्वार,राप्रपासंग तालमेल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img