Homeसमाचारतासको निहुँमा ज्यान गयो, हत्यामा संलग्न तीनजनालाई प्रहरीले गर्यो सार्वजनिक

तासको निहुँमा ज्यान गयो, हत्यामा संलग्न तीनजनालाई प्रहरीले गर्यो सार्वजनिक

बिर्तामोेड २४ असोज । तास खेल्दाखेल्दै हारजितको बिषयलाई लिएर उत्पन्न बिवादकै कारण ज्यान गुमाएका नबिन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीनजनालाई झापा जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।
गुरुङ हत्यामा संलग्न इलाम नगरपालिका वडा नं–९ घर भई हाल अर्जुनधारा नगरपालिका वडा नं. ११ बसपार्क स्थित ताप्लेजुङ इलाम होटलका सञ्चालक ३८ बर्षीय इन्द्रबहादुर अधिकारी, पाँचथर को फिदिम नगरपालिका–१२ घर भएका ताप्लेजुङ इलाम होटल एण्ड लजका स्टाफ वर्ष २१ का अमृत आचार्य र पाँचथरकै फालेलुङ गाउपालिका ७ घर भई ताप्लेजुङ इलाम होटल एण्ड लजका स्टाफ आचार्यकी श्रीमती बिमला राईलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले असोज २० गते नियन्त्रणमा लिएको थियो । गुरुङ हत्या हुँदासम्म सोही स्थानमा रहेकी बिमला घटनापछि भागेर पाँचथर गई लुकीछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
अधिकारी, आचार्य र फरार अर्का एकजनासहितले ताप्लेजुङ जिल्लाको सिदिम्बा गाउँपालिका वडा नं.–४ सुरुमखिम घर भई अर्जुनधारा–११ बसपार्क क्षेत्रमै बस्दै आएका २५ बर्षीय गुरुङको लोहोरो र चक्कु प्रयोग गरेर मरणासन्न अवस्थामा पुगेपछि नजिकैको सडक किनारामा लगेर फालिदिएको बताइएको छ ।
गत असोज १७ गते अर्थात दशैंको महाअष्टमीका दिन अर्जुनधारा नगरपालिका वडा नं.–११ बसपार्कस्थित ताप्लेजुङ इलाम होटलको पहिलो तलामा मादक पदार्थ सेवन गरी तास खेलिरहेका उनीहरु बीच हारजितको विषयमा बिबाद बढेसंगै हत्याको अवस्थासम्म पुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिनुभयो ।
तासमा हारजितको बिबाद बढ्दै गएसंगै अधिकारी आचार्य र अर्का एक व्यक्तिले गुरुङलाई मसला पिस्न प्रयोग गरिने लोहोरो र चक्कु प्रयोग गरी गम्भिर घाइते बनाएका थिए । सो पश्चात घटनालाई ढाकछोप गर्ने उद्देश्यले अर्धचेत अवस्थाका गुरुङलाई अधिकारी, आचार्यसहित तीनजनाले बोकेर लगेर कान्तिपुर ड्राइभिङ सेन्टर अघिल्तिरको खाली जमिनको सडक किनारामा फालिदिएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । घटनाका बारेमा प्रहरीले असोज १८ गते बिहान थाहा पाएको थियो ।
शुरुमा स्वभाविक मृत्यु हो कि भने जस्तो देखिएपनि मृतकको पछाडीपट्टि चोट देखेपछि गुरुङको हत्या हो कि भन्नेतर्फ प्रहरीले शंकाको सुइरो घुमाएको थियो ।
सो पश्चात प्रहरीले मृतक गुरुङका साथमा रहेको मोवायल कलका आधारमा घटनाका दोषी पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।
घटनामा संलग्न एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु अत्यधिक बियर पिएर तास खेलेको खुलेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतासको निहुँमा ज्यान गयो, हत्यामा संलग्न तीनजनालाई प्रहरीले गर्यो सार्वजनिक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img