Homeसमाचारझापामा गठबन्धनद्वारा उत्साहपूर्ण रुपमा मनोनयन दर्ता (तस्विरसहित)

झापामा गठबन्धनद्वारा उत्साहपूर्ण रुपमा मनोनयन दर्ता (तस्विरसहित)

विर्तामोड २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीसहितका गठबन्धन दलका उम्मेद्वारहरुले राजनीतिक दलका कार्यकर्ता एवं जनताको उत्साहपूर्ण सहभागिताका बीच आ–आफ्नो क्षेत्रमा मनोनयन दर्ता गराएका छन् ।


झापाको पाँचवटै क्षेत्रमा स्थापित क्षेत्रस्तरीय निर्वाचन कार्यालयमा प्रस्तावक, समर्थक र शुभेच्छुकहरुको साथमा पुगेका उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।
यसैक्रममा झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रस्ताव र क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको समर्थनमा शर्माले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
यसैगरी झापा क्षेत्र नं–१ क मा नेपाली कांग्रेसका गोपाल तामाङ र ख मा नेकपा माओवादीका श्यामविर लिम्बूले मनोनयन दर्ता गराउनुभएको छ ।

May be an image of 11 people, people sitting, people standing, tree and outdoors


यता झापा क्षेत्र नं–२ मा गठबन्धन दलको समर्थनमा हरिकुमार रानाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनु भएको छ । नेपाली कांग्रेस झापाका पूर्व सभापति सुधिरकुमार शिवाकोटीको प्रस्ताव र नेकपा समाजवादीका निलमणि बरालको समर्थनमा रानाले साझा उम्मेद्वारका रुपमा उम्मेद्वारी दर्ता गराउनुभएको हो । रानाले एमाले पार्टी परित्याग गरी गठबन्धन दलको समर्थनमा उम्मेद्वार बन्नुभएको हो ।
यसैगरी झापा क्षेत्र नं–२ प्रदेश क मा नेकपा समाजवादीका पुष्पराज पोखरेल र प्रदेश ख मा नेपाली कांग्रेसका युवा नेता खगेन्द्र मैनालीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
उम्मेद्वारी दर्तापछि आयोजित चुनावी घोषणासभामा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाई र नेकपा माओवादीका केन्द्रीय सदस्य धर्मशिला चापागाईले संविधान र जनआन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन जनतालाई आह्वान गर्नुभयो ।
क्षेत्र नं–२ का उम्मेद्वार हरिकुमार रानाले आफूले लामो समयसम्म एमालेभित्रै बसेर एमालेको प्रतिगमन सच्याउन प्रयास गरेपनि के।पी। ओली रहेसम्म पार्टी नसुध्रिने देखेपछि एमाले परित्याग गरेर गठबन्धन दलको समर्थनमा साझा उम्मेद्वार बनेको बताउनुभयो ।
नेपाली कांग्रेस प्रदेश ख का सभापति किरण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभाका उम्मेद्वारहरु पुष्पराज पोखरेल, खगेन्द्र मैनाली, निलमणि बराल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कृष्ण हुमागाई र सि.पी. कडरियाले संयुक्त रुपमा सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत अम्बिका खतिवडाले गर्नुभएको थियो ।


यसैगरी झापाको क्षेत्र नं–३ मा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराउनुभएको छ । महाधिवेशन प्रतिनिधि मोहन महर्जनको प्रस्ताव र वर्तमान क्षेत्रीय सभापति गणेश पोखरेलको समर्थनमा सिटौलाले उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
गठबन्धन दलका तर्फबाट क्षेत्र नं–३ प्रदेशसभा क मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी र ख मा नेकपा माओवादीका पूर्णसिंह राजवंशीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
उम्मेद्वारी दर्तापछि आयोजित घोषणासभामा बोल्दै कांग्रेस पूर्व महामन्त्री सिटौलाले आफूले नेता बन्न नभई जनताको जीवनस्तर उकास्न राजनीति गरेको बताउनुभयो । सबै जातजाति, भाषाभाषि, वर्ग, क्षेत्र, लिङ्गको समान सहभागितासहित गरिव र निमुखा जनताको जीवनस्तर उकास्नु नै कांग्रेसको मूल लक्ष भएको उहाँको भनाई थियो ।
डिल्ली घिमिरे हिक्मतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, प्रदेशसभा सदस्यका उम्मेद्वारद्वय भुमिप्रसाद राजवंशी र पूर्णसिंह राजवंशी लगायतले मन्तब्य राख्नुभएको ने।का। क्षेत्रीय कार्यवाहक सभापति गिताप्रसाद भट्टराईले जानकारी दिनुभयो ।


यसैगरी नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले झापा क्षेत्र नं–४ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । महाधिवेशन प्रतिनिधि भिमप्रसाद राजवंशीको प्रस्ताव र क्षेत्र नम्बर–४ प्रदेश ख का सभापति विनोद ढकालको समर्थनमा थेवेले उम्मेद्वारी दर्ता गराउनुभएको हो । यसैगरी झापा क्षेत्र नं–४ प्रदेशसभा क मा गठबन्धन दलका तर्फबाट नेकपा माओवादीका झलकसिंह दर्लामी र प्रदेशसभा ख मा नेपाली कांग्रेसका एकराज उप्रेतीले आ–आफ्नो मनोनयन दर्ता गराउनुभएको छ ।
लिम्बुहरुको च्याब्रुङ नाच, सन्थाल समुदाय र मुस्लिम समुदायको सस्कृती झल्किने डन्डी नाचसहित कनकाइ नगरपालिकामा पुगेर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको मनोनयन दर्ता गराइएको हो ।
यसपछि आयोजित घोषणासभामा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेद्वार थेवेले नेपाली कांग्रेसले जनतालाई अनावश्यक आश्वासन नबाँड्ने तर बोलेको कुरा गरेर देखाउने बताउँदै हरेक जनताको सुखदुःखमा आफूले साथसाथै राजनीति गरेको बताउनुभयो ।
लोकतान्त्रिक शासन ब्यवस्था एवं संविधानको रक्षाका लागि गठबन्धन दलका उम्मेद्वारलाई अत्यधिक मतले जिताउन उहाँले जनतासमक्ष अपिल गर्नुभयो ।
क्षेत्रीय सभापति जयनारायण शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेद्वारद्वय दर्लामी र उप्रेती, मणिकुमार साम्पाङ, लख्खीकुमारी गणेश, पूर्व सांसद नारायणसिंह राजवंशी लगायतले बोल्नुभएको थियो । महेन्द्र भटराईले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत पर्शुराम ढुङ्गानाले गर्नुभएको ने।का। कनकाई वडा नं–१ का सभापति मनोज बस्नेतले जानकारी दिनुभयो ।


यसैगरी झापा क्षेत्र नं–५ मा गठबन्धन दलका तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका युवा नेता खगेन्द्रपाण्डव अधिकारीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
महाधिवेशन प्रतिनिधि सुरेश सुब्बाको समर्थन र क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको प्रस्तावमा अधिकारीले उम्मेद्वारी दर्ता गराउनुभएको हो । यसैगरी क्षेत्र नं–५ प्रदेशसभा क मा नेपाली कांग्रेसका जीवनकुमार राई र ख मा नेकपा माओवादीका रेवतराज पुरी गगनले आ–आफ्नो उम्मेद्वारी दर्ता गराउनुभएको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा गठबन्धनद्वारा उत्साहपूर्ण रुपमा मनोनयन दर्ता (तस्विरसहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img