Homeसमाचारझापामा गठबन्धनले टुङ्ग्यायो सिट बाँडफाँड, एमालेले प्रतिनिधि र प्रदेशसभा दुवैमा तालमेल गर्ने

झापामा गठबन्धनले टुङ्ग्यायो सिट बाँडफाँड, एमालेले प्रतिनिधि र प्रदेशसभा दुवैमा तालमेल गर्ने

झापा २२ असोज । प्रतिनिधिसभा ५ र १० वटा प्रदेशसभाको निर्वाचन क्षेत्र रहेको झापामा गठबन्धनका तर्फबाट सिट बाँडफाडमा दलीय सहमति जुटाएका छन् ।
सहमति अनुसार पाँच प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये चारवटा १, ३, ४ र ५ कांग्रेसले पाएको छ भने क्षेत्र नं. २ माओवादीको भागमा परेको छ । त्यस्तै जिल्लाका १० वटा प्रदेश क्षेत्रमध्ये पाँचवटा कांग्रेस, चारवटा माओवादीले पाउँदा एकीकृत समाजवादी पार्टीको भागमा एउटा परेको छ ।
कांग्रेसले पाएको क्षेत्र १ बाट पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, ३ बाट नेता कृष्ण प्रसाद सिटौला, ४ बाट पार्टी जिल्ला सभापति देउमान थेवे उम्मेदवार वन्ने भएका छन् भने ५ को उममेदवार को हुने भन्ने आजसम्म टुंगो लागिसक्ने कांग्रेसले जनाएको छ ।
प्रतिनिधिसभा तर्फ कांग्रेसले क्षेत्र नं. १ मा पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, क्षेत्र नं. ३ बाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, क्षेत्र नं. ४ मा पार्टी जिल्ला सभापति देउकुमार थेवेलाई अघि सारेको छ भने क्षेत्र नं. ५ मा साविक तोपगाछीका पूर्व अध्यक्ष पदम पौडेललाई उम्मेदवार बनाउने संभावना बढेको छ । पौडेल २०७४ को स्थानीय तहको निर्वाचन पछि एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए । प्रदेश तर्फ कांग्रेसले उम्मेदवार अझै टुंग्याउन सकेको छैन् ।
माओवादी केन्द्रले संघीय क्षेत्र नं २ बाट धर्मशिला चापागाईलाई प्रतिनिधि सभाको उम्मेद्वारका रुपमा उभ्याएको छ । चापागाँई पूर्व स्वास्थ्य राज्य मन्त्रीको हुन् । क्षेत्र न. १ को प्रदेश (ख) बाट श्यामबिर लिम्बू, ३ को (ख) बाट पूर्णप्रसाद राजबंशी, ४ को (क) बाट झलकसिं दर्लामी मगर (सन्देश) र ५ को (ख) बाट रेवतराज पुरी (गगन) लाई उम्मेदवार बनाउने भएको छ । दर्लामी प्रदेशका वहालवाल कृषि मन्त्री हुन् ।
गठबन्धन अन्तरगत प्रदेशसभा अन्तरगत १ सिट पाएको एकीकृत समाजवादी पार्टीले झापा क्षेत्र नं. २ (क) बाट पुष्प पोखरेललाई अघि सारेको बुझिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

पहिलो हुने निर्वाचन प्रत्यक्ष अन्तरगत असोज २३ गते उम्मेद्वारी दर्ता गराउनु पर्ने अन्तिम अघिल्लो दिनसम्म पनि दलहरुले प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेद्वार तय गर्न सकेका छैनन् ।
नेकपा एमालेले क्षेत्र नं. १ मा प्रतिनिधिसभातर्फ खरेललाई अघि सारेको छ भने क्षेत्र नंं २ मा देबराज घिमिरे, क्षेत्र नं. ४ मा एलपी साँवा र क्षेत्र नं. ५ मा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओली उम्मेद्वार बन्ने पक्का भएको छ ।
एमालेले क्षेत्र नं. ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाउने लगभग पक्का भएको स्रोतले जनाएको छ । त्यस्तै एमालेले क्षेत्र नं. १ प्रदेशसभा (क) मा रविन कोइरालाको नाम सार्वजनिक गरेको छ भने प्रदेश (ख) तालमेलका लागि भन्दै थाँती राखेको छ । त्यस्तै क्षेत्र नं. २ (क)मा एकराज कार्की, (ख)मा चिन्तन पाठक, क्षेत्र नं. ३ (क)मा बसन्त बानियाँलाई उम्मेद्वार बनाउदा प्रदेश (ख) मा यो समाचार तयार पार्दासम्म टुङ्गो लगाई सकेको छैन । त्यसै गरी क्षेत्र नं.४ मा (क)मा राधाकृष्ण खनाललाई उम्मेद्वारको चर्चा चलाएको एमालेले प्रदेश (ख)मा भने टुङ्गो लागि नसकेको जनाएको छ ।
क्षेत्र नं. ५ (क) मा हिम्मत कार्कीलाई उम्मेद्वार बनाएको एमालेले (ख) मा होमबहादुर थापालाई उम्मेद्वार बनाउने प्रायः निश्चित भएको बताइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा गठबन्धनले टुङ्ग्यायो सिट बाँडफाँड, एमालेले प्रतिनिधि र प्रदेशसभा दुवैमा तालमेल गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img