Homeसमाचार‘सिजन’को व्यापार, 'लगानी बढ्यो बजार भाउ बढेन' (भिडियोसहित)

‘सिजन’को व्यापार, ‘लगानी बढ्यो बजार भाउ बढेन’ (भिडियोसहित)

झापा १५ असोज । परम्परा अनुसार दशैंमा दही, चिउरा र कोला अपरिहार्य मानिन्छ । केही वर्ष अघिसम्म दशैंमा मान्यजनको हातबाट टिका र जमराका साथै आशिर्वाद ग्रहण गरेसंगै दही चिउरा र कोला खान दिने प्रचलन थियो ।
देवीलाई चढाउनुका साथै आउने आफन्तजनलाई खान दिनका लागि तथा टिका लगाउन जाँदा कोसेलीका रुपमा पनि कोलाको प्रयोग हुने गर्छ । त्यसैले पनि दशैं कोला व्यापारका दृष्टिले मुख्य सिजन हो ।


इलामको माईनगरपालिकाको दानावारीका कृषकले उत्पादन गरेको केरा व्यापारीले झापाको बिर्तामोडस्थित कृषि उपज बजारमा विक्रीका लागि ल्याउने गरेका छन् । दानाबारीका किसानले उत्पादन गरेको कोला विक्रीका लागि ल्याएका श्याम राईले अघिल्लो दशैं भन्दा यो दशैंमा कोलाको मूल्यमा खासै फरक नभएको बताए ।
लागत महंगो परेपनि व्यापारी धेरै भएका कारण मूल्यमा स्थिरता रहेको बताउँदै उनले भने–‘अघिल्लो साल प्रति घरी दुई/अढाई सयमा पाइन्थ्यो, अहिले तीन/साढेतिनसय हामीलाई पर्छ बाटो अप्ठ्यारो हुँदा ढुवानी खर्चसहित चारसय पुग्छ, बजार भाउपनि त्यस्तै त्यस्तै छ, व्यापारी बढेपछि व्यापारमा समस्या भएको छ ।’
हाम्रो लागत बढ्यो–बजारको भाउ बढेन उनले थपे–‘हाम्रो अग्रिम लगानी पनि भएको हुन्छ । आवश्यकता अनुसार किसानलाई चामल, खुदी तथा आवश्यकीय सामग्री ल्याइमाग्छन्, यतादेखि जाँदा अग्रिम लगिदिनु पनि पर्छ ।’

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार‘सिजन’को व्यापार, 'लगानी बढ्यो बजार भाउ बढेन' (भिडियोसहित)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img