झापा १५ असोज । प्रपर्टी डिलर एशोसिएसन अफ नेपालको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
अग्रज व्यवसायी पवनकुमार अग्रवालको प्रमुख आतिथ्यमा संस्थाको वार्षिक उत्सब तथा विजया दशमी २०७९ को शुभकामना आदन प्रदान समेत गरिएको थियो । समारोहमा संस्थाका संस्थापक सदस्य बालदेन शेर्पा, देविचन राई, वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार उप्रेती, नारायण गुरुङ, विनोद श्रेष्ठ, मन वहादुर मगरलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष राजकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा व्यवसायी गंगाप्रसाद मैनाली, संस्थाका कोषाध्यक्ष टहलदास ओली, व्यवसायी विष्णुप्रसाद संग्रौला, पूर्व जनप्रतिनिधि प्रेम खरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष रोशन बोहोराले स्वागत गरेको कार्यक्रममा सम्पूर्ण व्यवसायी लगायत देश तथा विदेशमा रहने आम नेपालीहरुलाई विजया दशमीको शुभकामना सहित संस्थाका अध्यक्ष राईले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव डेसर किरण राईले गरेका थिए ।
यसैबीच संस्थाका केन्द्रीय सदस्य सीता कुँवरका श्रीमान दिपेन्द्र उप्रेती मृगौला पीडित भएर उपचाररत रहेकाले उनको स्वास्थ्य लाभको कामना सहित नगद ६२ हजार २ सय १० रुपैयाँ सहयोग गरिएको थियो ।
संस्थाका पदाधिकारीहरुले नै उप्रेतीको उपचारका लागि सहयोग गरेको अध्यक्ष राईले बताए ।
प्रपर्टी डिलर एशोसिएसन अफ नेपालको छैठौं वार्षिक साधारणसभा सम्पन्न

































































































