Homeसमाचारझापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो

भद्रपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्र्तगत झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ । प्रतिनिधि सभाका ५ वटा निर्वाचन क्षेत्र तथा प्रदेश सभाका लागि १० वटा निर्वाचन क्षेत्र रहेको झापामा सवै निर्वाचन क्षेत्रहरूको समन्वय गर्ने गरी मुख्य निर्वाचन कार्यालय झापा सञ्चालनमा ल्याइएको हो ।
जिल्ला समन्वय समिति झापाको कार्यालयबाट सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले झापा क्षेत्र नम्वर ३ को प्रतिनिधि सभा तथा प्रदेश सभा हेर्ने गरी कार्यालय स्थापना गरिएको छ । झापामा रहेका राजनीतिक दल, सञ्चारकर्मी, प्रहरी प्रशासनका प्रमुखको उपस्थितिमा सो कार्यालयको उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले गरेका थिए ।
कार्यक्रममा स्वागत गर्दै जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले स्थानीय तह निर्वाचनमा जस्तै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि झापाबासीको उत्साहप्रद सहभागितामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले यस पटको निर्वाचनमा क्षेत्रगत रूपमा निर्वाचन कार्यालय रहने जानकारी दिँदै ती कार्यालय कार्तिक २० गते भित्र खुलिसक्ने जानकारी दिए ।
उनका अनुसार झापा १ को निर्वाचन कार्यालय मेचीनगरमा, २ को अर्जुनधारा नगरपालिकामा, ३ को भद्रपुरमा ४ को कन्काइ नगरपालिकामा र ५ को दमकमा निर्वाचन कार्यालय सञ्चालित हुने छन् ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले झापा जिल्लामा दलीय एकताले निर्वाचन सफल पार्न महत्वपूर्ण सहयोग हुने गरेको भए पनि स्थानीय तह निर्वाचनमा अन्तिम समयमा निर्वाचन आचार संहिता उलंघनका केही घटना देखिएकाले यस निर्वाचनमा त्यस्ता घटना दोहोरिन नहुने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि रमेश पोखरेल, नेकपा एमालेका अशारू राजवंशी, नेकमा समाजवादीका वेदराज रेग्मी, राप्रपाका अभिषेक ढुंगाना लगायतले धारणा राख्दै निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता राखेका थिए भने कार्यक्रमको सहजीकरण झापा जिल्लाका श्रेस्तेदार वीरेन्द्र बस्नेतले गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुल्यो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img