HomeFeatured 2निर्वाचन तयारी थाल्न कांग्रेसको निर्देशन

निर्वाचन तयारी थाल्न कांग्रेसको निर्देशन

बिर्तामोड १४ असोज । नेपाली कांग्रेस झापाले आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी थाल्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, प्रदेश क्षेत्रीय सभापति, गाउँ/नगर सभापति एवं भातृ तथा शुभेच्छुक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न बैठकले असोज १५ गते सबै क्षेत्र, प्रदेश क्षेत्र, गाउँ–नगरमा बैठक राखी निर्वाचनको तयारी थाल्न निर्देशन दिएको हो ।
आगामी असोज २३ गते प्रत्यक्ष निर्वाचनतर्फको उम्मेद्वार मनोनयन दर्ताका लागि गठबन्धन दलसँग छलफल एवं समन्वय गरेर आ–आफ्नो निर्वाचन क्षेत्रमा दलीय पहिचानसहित सहभागिता जनाउने तयारी गर्न निर्देशन दिने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो । यसैगरी निर्वाचन लक्षित कार्यक्रम तय गरेर गाउँ, नगर, वडा, टोलसम्म पु¥याउन बैठकले निर्देशन गर्ने निर्णय गरेको सचिव नवीन विमलीले जानकारी दिनुभयो ।
बैठकले नजिकिएको बडा दशैं २०७९, शुभ दिपावली (तिहार), छैठ पर्व एवं नेपाल संवत्को पावन अवसरमा सम्पूर्ण मतदाता, देश–विदेशमा रहनुभएका नेपाली दाजु–भाइ, दिदी–बहिनीहरु, समस्त मजदुर, किसान, उद्योगी, ब्यवसायी, शिक्षक, विद्यार्थी, राष्ट्रसेवक कर्मचारी, सहकारीकर्मी, बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी, पत्रकार, विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, नेपाली कांग्रेसका विभिन्न तह–तप्कामा रहनुभएका नेता कार्यकर्ता, सम्पूर्ण क्रियाशिल सदस्य, समर्थक एवं शुभचिन्तक महानुभावहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्ने निर्णय पनि गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2निर्वाचन तयारी थाल्न कांग्रेसको निर्देशन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img