Homeसमाचारबिबेकशील महिला सहकारी संस्थाको १५ औं साधारणसभा, सम्मान र पुरस्कार

बिबेकशील महिला सहकारी संस्थाको १५ औं साधारणसभा, सम्मान र पुरस्कार

बिर्तामोड १० असोज । झापाको चारपानेस्थित बिबेकशील महिला सहकारी संस्थाको १५ ओैं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष पार्वती भट्टराईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । ५३ लाख ८० हजार पाँचसय रूपैयाँ शेयर पुँजी रहेको संस्थाको १ करोड ७३ लाख ३९ हजार तीनसय २४ रूपैयाँ बचत रहेको छ ।

No description available.


२०४८/०४९ सालमा महिला तथा बालबालिकाको अगुवाईमा साविक चारपाने गाविसका ९ वटै वडाहरुको संयुक्त समूह गठन गरी १० रुपैयाँ बचत कार्य शुरु गरिएको सोही समूह १५ वर्ष अघि सहकारी संस्थाका रुपमा विकसित भएको हो ।
संस्थाले १५ औं बार्षिक साधारणसभाको अवसर पारेर शिक्षासेवी मोहनमाया मा.वि.की पूर्व प्रधानाध्यापक विन्दु श्रेष्ठ, सारेगम लिटल च्याम्पियनसिप विजेता बालकलाकार कृपा पौडेललाई सम्मान गरेको छ भने विपन्न सदस्य सम्मानतर्फ खाद्यान्न तथा कपडासहित चन्द्रमाया थापा, असल बुहारीतर्फ कल्पनादेवी दाहाल, जेष्ठ नागरिकतर्फ तुलसा सापकोटालाई सम्मान गरेको छ ।

No description available.

यसैगरी गत बर्षको समाजसेवी सम्मानबाट रामलाल उप्रेतीलाई सम्मान गरिएको कार्यक्रममा पूर्व लेखा समितिका संयोजक तथा सदस्यहरु चित्रा भट्टराई, सुनिता शर्मा र मिना दाहाललाईलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी २०७८ को एसईई उत्कृष्ठ सौरभ लुईटेल, अनुशासनतर्फ प्रेमा किस्कु सोरेनलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रसाई, सल्लाहकारमध्येबाट सावित्रा दाहाल, सम्मानितका तर्फबाट बिन्दु श्रेष्ठ, हरिभक्त उप्रेती, घनश्याम दाहाल, भूमिप्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।संस्थाका सचिव चन्द्रकला घिमिरेले संस्थाको प्रतिवेदन गरेको कार्यक्रममा स्वागत स्मिता अधिकारी ओझाले गर्नुभएको थियो भने सञ्चालन सुनिता शर्माले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिबेकशील महिला सहकारी संस्थाको १५ औं साधारणसभा, सम्मान र पुरस्कार
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img