Homeसमाचारबिर्तामोड बजार सफा गर्दै बाणिज्य संघसहित नेपाली सेना

बिर्तामोड बजार सफा गर्दै बाणिज्य संघसहित नेपाली सेना

बिर्तामोड ८ असोज । बिर्तामोडस्थित कृषि उपज बजार आसपासको क्षेत्रमा आज सामुहिक सरसफाई कार्य सम्पन्न भएको छ ।
बिर्तामोड उद्योग बाणिज्य संघको अगुवाईमा भएको बाटो सरसफाई कार्यमा पूर्व पश्चिम राजमार्गको पुरानो हिकोला सडकखण्डदेखि उत्तरतर्फ कृषि उपज हाट बजार पश्चिमतर्फको बाटो सरसफाई गरिएको हो ।

No description available.


बाटो सफाई कार्यमा उद्योग बाणिज्य संघ विर्तामोडका अध्यक्ष प्रकाश शिवाकोटीसहित पदाधिकारी, बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईसहित वडाको टोली, स्थानीय टोल सुधार समितिका अध्यक्ष लक्ष्मी मैनाली लगायत पदाधिकारीहरु, नेपाली सेना तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
कृषि उपज बजार पश्चिमतर्फको उत्तर दक्षिण बाटोमा विगत लामो समयदेखि फोहोर थुप्रिंदा बजारमा आउने उपभोक्ता तथा आसपासका व्यापारी व्यवसायीले समेत दुर्गन्ध खेप्न बाध्य थिए ।
बिर्तामोड उद्योग बाणिज्य संघले नजिकिंदो चाडपर्वलाई लक्षित गरी बिर्तामोड नगर सरसफाई अभियान नै सञ्चालन गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड बजार सफा गर्दै बाणिज्य संघसहित नेपाली सेना
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img