Homeसमाचारविद्यालय सुधारमा कांग्रेसको पहल

विद्यालय सुधारमा कांग्रेसको पहल

कनकाइ ७ असोज । नेपाली काङ्ग्रेसका सभापति देउकुमार थेबेले बिद्यालय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत झापाका १५ वटैै पालिकाका धेरै बिद्यालयहरुलाइ बजेटको ब्यवस्थापन गर्न पहल गरेको जानकारी दिनुभएको छ ।
कनकाइ नगरपालिकामा आयोजित महिला संघ गठन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थेबेले कन्काइ नगरपालिकाका पाँचवटा बिद्यालयलाई बजेट बिनियोजन गर्न पहलकदमी गरेको जानकारी दिनुभयो । उहाँका अनुसार भृकुटी माबि कन्काइ ७ मा चारकोठे भवन निर्माणको लागि ४५ लाख , जनचेतना आधारभुत बिद्यालय कनपा ३ को २ कोठे भवनको लागि २२ लाख ५० हजार, जानकी आधारभूत बिद्यालय कनकाई– २ को ४ कोठे भवनका लागि ४५ लाख, सरस्वती माबि कनकाइ–४ का लागि ६ लाख ५० हजार, पशुुपति प्रा.बि. कनकाइ–१ को लागि ६ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा महिला संघको कन्काइ नगर कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको छ । समितिको सभापतिमा रेणुका मैनाली, उपसभापति कबिता श्रेष्ठ र सीता खड्का, सचिबमा संगीता भुजेल सहसचिब सोनामणी हेमरम, रचना प्रसाईं र कोषाध्यक्षमा सरला तामाङ् रहेको १८ सदस्यीय समिति सर्बसम्बत रुपमा चयन भएको हो ।
नवगठित समितिलाई बधाइ दिदै नेपाली काङ्ग्रेस जिल्ला सभापति थेबेले हरेक कार्यको नेतृत्वमा महिलाको सम्मानजनक उपस्तिथि भएमा मात्र हरेक कार्य सफल हुने बिचार ब्यक्त गर्दै मङगलादेबी सिंहलाई सधै सम्झनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाली कांग्रेस कनकाइ नगर समितिका सभापति दुर्गा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा अथितिहरु कबिता बस्नेत, सीता थेबे, लिला चिमरिया , याम भुजेल, रोहित खवास, मनोज बस्नेत, लक्ष्मण जोयल श्रेष्ठ, इश्वरी शिवाकोटी, भिम राजबंसी, कनकाइ नगरपालिकाका उपप्रमुख आशा शर्मा शिवाकोटी लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रममा स्वागत रेणुका मैनालीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविद्यालय सुधारमा कांग्रेसको पहल
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img