HomeFeatured 2बाल्मीकिसहित तीन कलेजमा नेविसंघ गठन

बाल्मीकिसहित तीन कलेजमा नेविसंघ गठन

विर्तामोड ७ असोज । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै संगठन विस्तारलाई तीब्र बनाएको नेपाल विद्यार्थी संघ झापाले प्रोभिडेन्स (बाल्मीकि) क्याम्पसमा नेविसंघ इकाई समिति गठन गरेको छ । लक्ष्मी ओलीको सभापतित्वमा गठित समितिको उपसभापतिमा विकास बराल र स्वीकृती ओली, सचिवमा कन्चन पौडेल, सहसचिव मा पुजन कार्की र लुना भट्टराई कोसाध्यक्षमा सौगात उप्रेती रहेका छन् । कलेजमा आयोजित एक कार्यक्रमका बीच १९ सदस्यीय समिति गठन भएको जिल्ला सचिव पोषराज कटुवालले जानकारी दिनुभयो ।
यसैगरी रौनक कार्कीको सभापतित्वमा एमिटी कलेज विर्तामोडमा पनि नेविसंघ इकाइ समिति गठन भएको छ । गठित समितिको उपसभापतिमा आदित्य शाह, मेनुका मगर, अर्पन कार्की र मनसोन झा, सचिवमा सौरभ शाह र जेविका मगर, सहसचिवमा सुमिना पराजुली, रुस्मा पोर्तेल र सरिका खड्का तथा कोषाध्यक्षमा प्रतिक अर्याल रहेका छन् ।
२९ सदस्यीय समितिका सदस्यहरुमा आकृती कठायत, एलिसा बुढाथोकी, रञ्जु अधिकारी, गौसन खतिवडा, विनोद नेम्बाङ, सुस्मिता विष्ट, पूजा विस्ट, रोजिना बस्नेत, विनु मिश्र, अस्मिता भट्टराइ, दिक्षा पौडेल, दिक्षा लिम्बू, आकाश राई लगायत रहेका छन् । यसैगरी इन्द्रेणी क्याम्पस विर्तामोडमा विपुल मैनालीको नेतृत्वमा २१ सदस्यीय समिति गठन भएको बताइएको छ ।
नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्य र जिल्ला सचिव पोषराज कटुवालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सहसचिव मिलन चापागाई, सञ्चार विभाग प्रमुख गोकुल पौडेल, जिल्ला सदस्य मानिस दाहाल, सन्देश रिजाल, सञ्जय राई, एलेक्स मैनाली लगायतले नवगठित समितिलाई बधाइ तथा शुभकामना दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2बाल्मीकिसहित तीन कलेजमा नेविसंघ गठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img