HomeFeatured 2निर्णय सच्याउन कनकाइका पाँच दलको माग

निर्णय सच्याउन कनकाइका पाँच दलको माग

सुरुङ्गा ७ असोज । कनकाई नगरपालिकामा क्रियाशील पाँच राजनीतिक दलले कनकाई नगरपालिकामा फोहोर ब्यवस्थापनका लागि डम्पिङ साइड बनाउने भनी गरेको सम्झौता अविलम्ब सच्याउन माग गरेको छ ।
कनकाईमा क्रियाशील नेपाली कांग्रेस नगर सभापति दुर्गाप्रसाद प्रसाई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष प्रतिक राजवंशी, जसपा नगर अध्यक्ष रत्नकुमार श्रेष्ठ, राप्रपा नगर सचिव भुपेन्द्र दाहाल र नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष यामनाथ सेढाईले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । पाँच राजनीतिक दलले उक्त विज्ञप्ति नगर प्रमुख राजेन्द्र पोखरेललाई बुझाउँदै ध्यानाकर्षण पनि गराएका छन् ।
‘नगरको फोहोर ब्यवस्थापन आफैंमा अब्यवस्थित र चुनौतिपूर्ण भएको अवस्थामा विर्तामोड लगायत अन्य नगरपालिकाहरुको समेत फोहोर ब्यवस्थापनको जिम्मा कनकाई नगरले लिएको तथा डम्पिङसाइटको ब्यवस्था पनि कनकाईले नै गर्नुपर्ने भनी सम्झौता भएको बुझिन आएको हुनाले उक्त अविवेकीपूर्ण, गैरजिम्मेवार र अपरिपक्व निर्णयप्रति पूर्ण असहमति ब्यक्त गर्दै अविलम्ब निर्णय सच्याउन जोडदार माग गर्दछौं’–संयुक्त विज्ञप्तिमा भनिएको छ ।
फोहोर ब्यवस्थापनसहित नगरपालिकाभित्रका समस्याहरुलाई चारबुँदामा समेटेर नगरप्रमुखको ध्यानाकर्षण गराइएको ने.का. नगर सभापति प्रसाईले बताए ।
नगरपालिकाले धनीपूर्जा वितरण प्रक्रियामा गरेको ढिलासुस्ती र उदासिनताका कारण वितरण प्रक्रिया स्थगन भएकोप्रति घोर आपत्ति प्रकट गरिएको विज्ञप्तिमा गुणस्तरहिन सडक बत्ती जडान गरी एकै ठाउँमा लाखौं रुपैयाँका दुई–दुईवटासम्म पोलमा बत्ती राखी फजुल खर्च गरिनु अब्यवहारिक भएको भन्दै उक्त कार्यप्रति असहमति जनाउँदै अब्यवहारिक कार्यको स्पष्टिकरण नगरबासीसमक्ष दिन पनि माग गरिएको छ ।
साथै कृषि पशु स्वास्थ्यको बजेट हेफर र अभियान नेपाल लगायतका संस्थालाई दिइएको ठेक्का अविलम्ब खारेज गरी वडा कार्यालयमार्फत नगरपालिका आफैंले कार्यक्रम गर्न÷गराउन पनि ध्यानाकर्षण गराइएको छ । साथै त्यसभित्र भएका समूह गठन, मोटर (सिंचाई) तथा बाख्राका पाठा वितरण जस्ता वेथितिको पारदर्शी हिसाव नगरबासीसमक्ष प्रस्तुत गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।
उक्त विषयहरुको यथोचित सम्बोधन नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिइएको विज्ञप्तिमा त्यसबाट उत्पन्न असहज परिस्थितिको जिम्मेवारी पनि सम्बन्धित पक्षले लिनुपर्ने जनाइएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2निर्णय सच्याउन कनकाइका पाँच दलको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img