Homeसमाचारगुरुङको हत्या आरोपमा संलग्न ९ जना पक्राउ

गुरुङको हत्या आरोपमा संलग्न ९ जना पक्राउ

दमक ७ असोज । झापाको दमक नगरपालिका–३ बेलडाँगीका ४४ बर्षीय एल.बि. भन्ने लालबहादुर गुरुङलाई इलामको चुलाचुली गाउँपालिका–५ पकुवामा हत्या गरेको आरोपमा संलग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बेलुका ५ बजे १०/१२ जना अपरिचित ब्यक्तिहरुले बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने गुरुङलाई दमक र चुलाचुली जोड्ने रतुवा खोलाको झोलुङ्गे पुल नजिक धारिलो हतियार खुकुरी, ढुंगा प्रहार गरी शरीरका विभिन्न भागमा काटी गम्भिर घाईते बनाई घटना स्थलबाट भागी फरार भएका थिए ।
घाईते गुरुङको बि .एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापछि तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी उपरिक्षक दिलिप घिमिरेको नेतृत्वमा परिचालन भएको प्रहरी टोलीले घटनामा संलग्न ब्यक्तिको खोजी कार्य शुरु गरेको थियो । खोजीकै क्रममा चुलाचुली–४ इलामका २५ बर्षीय शिब हिङहाङ भन्ने नरेन्द्र दर्जी, २९ बर्षीय झ्याम्ले भन्ने नरेश कुमार याखा, २१ बर्षीय अभिषेक केरुङ, २० बर्षीय सेसे भन्ने सेसेयाङ याखा, ३३ बर्षीय सन्तु भन्ने चन्द्रकुमार यवा, ३५ बर्षीय डम्बर यवा, ३० बर्षीय टिका भन्ने नरेन्द्र तुम्रोक, २६ बर्षीय बिक्रम हिङमाङ र २९ बर्षीय पर्शु राई समेत ९ जनालाई बिभिन्न स्थानमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई घटनामा प्रयोग भएको दाप सहितको खुकुरी, मृतकलाई हिर्काउन प्रयोग गरेको ढुङ्गाहरु तथा मृतकले प्रयोग गरेको को.१९ प ३७२५ नम्वरको मोटरसाईकलको दुबै चक्काको टायर काटी फालेको अबस्थामा फेला पारी बरामद गरेको हो । घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना भएको ३ दिन अगाडि मृतक गुरुङले घट्‍नामा संलग्न टिका भन्ने नरेन्द्र तुम्रोकका आफनै भाई सुजन तुम्रोकलाई कुटपिट गरेको र सोही घट्‍नाको बदला लिन आरोपिहरुले कुटपिट गरी मार्ने योजना बनाएको खुल्न आएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य ब्यक्तिको खोजी कार्य जारी रहेको तथा पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगुरुङको हत्या आरोपमा संलग्न ९ जना पक्राउ
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img