Homeबिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने

बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने

बिर्तामोड ६ असोज । बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले घर नक्सा अभिलेखिकरण गर्ने निर्णय गरेको हो । अब देखि बिर्तामोड नगर क्षेत्रिभत्र सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर, भवनहरु निर्माण गर्दा अनिवार्य रुपमा नगरपालिकाबाट ईजाजत लिई नक्सा पास गरेर मात्र निर्माण कार्य गर्नुपर्ने बैठकले निर्णय गरेको छ ।
यसअघि घर, भवन निर्माणका लागि ईजाजत नलिएका नक्सापास नभई बनेका सम्पूर्ण सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर तथा भवनहरुको अभिलेखिकरण २०७९ चैत्र मसान्त भित्र सम्पन्न गरी लगत तयार गर्ने र त्यसपछि भवन निर्माण ईजाजत नलिई निर्माण सम्पन्न भई सकेका कुनै पनि घर, भवनहरुको अभिलेखिकरण कार्य नगर्नुका साथै त्यस्ता भवनहरुमा व्यवसायिक कारोबारको अनुमति नदिनेपनि बैठकले निर्णय गरेको छ ।
बैठकले भारतबाट आउने अस्वस्थ्यकर मरेका माछाहरुको नगरपालिका क्षेत्रभित्र बिक्रि वितरण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ । त्यस पछि पनि मरेका माछा बिक्री वितरण गरेको पाईएमा उक्त माछा जफत गरी नष्ट गर्ने र सामाग्री समेतजफत गरि व्यवसाय बन्द गर्न लगाउने निर्णय गरेको छ । बैठकले कृषिजन्य उत्पादनहरुमा विषादीहरुको मापनका लागि तरकारी तथा फलफुलहरुको विषादिको नियमित परीक्षणको व्यवस्था गर्ने र नगरक्षेत्रभित्र उत्पादन हुने तरकारी तथा खाद्यन्न बालीहरुमा विषादी न्यूनीकरण गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने, बिर्तामोड ५ स्थित कृषिथोक बजार प्रवेश गर्ने सम्पूर्ण तरकारी तथा फलफुलहरुको विषादी परीक्षण गर्ने हालको व्यवस्थालाई थप प्रभावकारी बनाएर पौष १ गतेबाट विषादी परिक्षण पछिमात्र थोकबजार भित्र तरकारी प्रवेश गर्न दिने र न्यूनतम मापदण्ड भन्दा बढी विषादी देखिएका तरकारी तथा फलफुलहरुलाई पूर्ण रुपमा नष्ट गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै वडा नम्बर ५ को बुधबारे हटियाभित्र नवनिर्मित भवनमा आधारभूत स्वास्थ्य केन्द्र स्थानान्तरण गरि स्वास्थ्य सेवा प्रवाह गर्नुपर्ने भएकोले हाल उक्त नवनिर्मित स्वास्थ्य संस्थाको भवनको आसपासको क्षेत्रमा पशु तथा पंक्षी पालन तथा बध गरि बिक्री वितरणमा पूर्णरुपमा रोक लगाई स्वास्थ्य संस्थाको आसपासको क्षेत्र सफा र स्वच्छ र प्रदूषण रहित बनाउन वडा मार्फत आवश्यक कार्य अघि बढाउने निर्णय नगरपालिकाले गरेको छ ।
बैठकले भू–उपयोग ऐन २०७६ तथा भू–उपयोग नियमावली २०७९ अनुसार बिर्तामोड नगरपालिका क्षेत्रभित्रका जग्गा वर्गीकरणका लागि फिल्डमै गएर जग्गाको हालको सबै कित्ता नम्बरहरु अध्यावधिक गरि स्थलरुप नक्सा तयार गर्ने तथा जग्गा वर्गीकरणका मापदण्ड बमोजिम जग्गा वर्गीकरणका लागि सिफारिस गर्न कार्यालयको मौजुदा जनशक्तिबाट मात्र सम्भव नहुने देखिएकाले यस कार्यका लागि कार्यालयले बाहय परामर्शदाताबाट सेवा खरिद गर्ने निर्णय गरेको छ ।
यस्तै आजको बैठकले नगरपालिकाको स्वामित्वमा रहेको हेभी इक्विपमेन्ट सवारी साधनहरु लिलामी प्रक्रिया अघि बढाउने सम्बन्धी कार्यका लागि नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति निर्माण गरेको छ । समितिको सदस्यहरुमा वडा नम्बर ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्वा,लेखा अधिकृत तेजिन्द्र तामाङ, मेकानिकल ईञ्जिनियर, यातायात व्यवस्था कार्यालय मेची बिर्तामोड र समितिको सदस्य सचिवमा शाखा अधिकृत मेघराज बास्तोला रहनु भएको छ ।
यस्तै गरामनी बजारमा रहेको दुर्गा मन्दिरको स्वामित्वमा रहेको व्यवसायिक सटरहरुको भाडा दरको पुनरावलोकन गर्न तथा गरामनीमा रहेको साझा संस्थाको जग्गा तथा भवनको उपयोग तथा व्यवस्थापन गर्ने सम्बन्धी विषयमा अध्ययन गरी आगामी कार्यपालिकाको बैठकमा प्रतिवेदन पेश गर्ने गरी नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की, वडा नम्बर ९ का वडाध्यक्ष हरि प्रसाद चौलागाई सदस्य रहने गरी कार्यदल गठन गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
बिर्तामोड नगरपालिकाले घर नक्साको अभिलेखिकरण गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img