Homeसमाचारपूर्वेली युवा क्लव बिर्तामोडद्वारा प्रहरीलाई साइकल प्रदान

पूर्वेली युवा क्लव बिर्तामोडद्वारा प्रहरीलाई साइकल प्रदान

बिर्तामोड । पूर्वेली युवा क्लव बिर्तामोडले अस्थाई प्रहरी बीट बुट्टाबारीका प्रहरीलाई साइकल प्रदान गरेको छ । सुरक्षा गस्ती गरी शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने उद्देश्यले अस्थाई प्रहरी बीट बुट्टाबारीका प्रहरीलाई दुई थान साइकल प्रदान गरेको पूर्वेली युवा क्लव बिर्तामोडका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताए । कार्यक्रममा पूर्वेली युवा क्लव बिर्तामोडका संस्थापक अध्यक्ष सुरेश आले, निवर्तमान अध्यक्ष मनोज बुढाथोकी, उपाध्यक्षहरु कुशल खतिवडा ,प्रकाश सुवेदी ,सचिव दिवाकर प्रसाईं ,सल्लाहकार राजेन्द्र उप्रेती, तरुण दल बिर्तामोड –५ का सभापति दिनेश चौधरी लगायतले अस्थाई प्रहरी बीट बुट्टाबारीकी प्रमुख प्रहरी सहायक निरीक्षक जानुका चौहानलाई साइकल हस्तान्तरण गरेका थिए । पूर्वेली युवा क्लव बिर्तामोडका कार्यवहाक अध्यक्ष दिपेन चौधरीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुँवरको प्रमुख आतिथ्य र बिर्ताज्योती साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कुँवरले शान्ति सुरक्षा प्रदान गर्ने दायित्व प्रहरीको भएकाले समुदायको सहयोगबाट मात्रै सो काम पूरा गर्न सकिने बताउँदै पूर्वेली युवा क्लवले गरेको कार्यको प्रशंसा गरे ।
पूर्वेली युवा क्लवले स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र क्लवको सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थाई प्रहरी बीट बुट्टाबारीलाई साइकल प्रदान गरेको पूर्वेली युवा क्लवका अध्यक्ष रबिन श्रेष्ठले बताए । कार्यक्रमको सञ्चालन पूर्वेली युवा क्लवका सचिव विकास वस्नेतले गरेको सल्लाहकार राजन श्रेष्ठले जानकारी दिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपूर्वेली युवा क्लव बिर्तामोडद्वारा प्रहरीलाई साइकल प्रदान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img