Homeसमाचारगार्गी वाङमय प्रतिष्ठानले मनायो रोहिणीको जन्मजयन्ती

गार्गी वाङमय प्रतिष्ठानले मनायो रोहिणीको जन्मजयन्ती

अर्जुनधारा ४ भदौ । अर्जुनधारा–९ स्थित गार्गी वाङमय प्रतिष्ठानले रोहिणी विलास लुईटेलको ८१ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ ।
नरेन्द्रप्रसाद अधिकारीको अध्यक्षता तथा समालोचक विष्णुकुमार भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न जन्म जयन्तीमा महिला समूहबीच हाजिरी जवाफ प्रतियोगिता गराइएको थियो ।
विभिन्न ५ वटा समूह सहभागी प्रतियोगितामा अनिता नेपाल नेतृत्वको (ग समूह) प्रथम भएको थियो ।
सो अवसरमा जगन्नाथ अधिकारी, मिरा पोखरेल लगायतले कबिता वाचन गरेको कार्यक्रममा महिला समूहले सामुहिक किर्तन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले स्व. रोहिणी विलास लुईटेलले छन्द साहित्य एवम् वेद वाङ्मयको विकासमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा विशेष अतिथि अजुर्नधारा वडा नं.–९ का वडाध्यक्ष भिष्म मिश्रले प्रतिष्ठानको अपुरो भवन पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो अवसरमा जग्गादाता मेघनाथ पोखरेल, केशव थापा, पुष्प प्रसाई लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
गार्गी वाङमय प्रतिष्ठानमा आवद्ध महिला समूहको सामुहिक स्वस्ति वाचन तथा दिप प्रज्वलनबाट प्रारम्भ भएको कार्यक्रममा स्वागत रमण विलास लुईटेलले गर्नुभएको थियो भने सञ्चालन केदारनाथ पोखरेलले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारगार्गी वाङमय प्रतिष्ठानले मनायो रोहिणीको जन्मजयन्ती
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img