भद्रपुर ३ असोज । संविधान दिवसको सन्दर्भमा झापाको चन्द्रगढीमा मानव अधिकारको संरक्षणमा न्यायिक समितिको भूमिका विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल बार एशोसिएसन झापाको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा मानव अधिकार तथा जनसरोकार समिति नेपाल वार एसोसिएसन झापा संयोजक टंकप्रसाद दंगालले मानव अधिकार र जनसरोकारका विषयमा अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।
उहाँले मानव अधिकारका विषयमा संविधानले दिएको अधिकारहरुको विषयमा जानकारी गराउँदै विवाद समाधानका विषयमा स्थानीय तहका पालिकास्तरका न्यायिक समितिले न्यायिक विवाद समाधान गर्न सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्व सदस्य लिला उदासी, वारका केन्द्रिय उपाध्यक्ष सुरज खत्री, पूर्व उपाध्यक्ष अशोक पोखरेल, वरिष्ठ अधिवक्ताहरु दामोदर सापकोटा, टंक उप्रेती, गजेन्द्र आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । हरि अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कमला आचार्य र संचालन हेमकला कट्टेलले गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी १५ वटै स्थानीय तहका न्यायिक समिति पदाधिकारीले कानूनका प्रावधान बारे आ–आफ्नो धाराणा राखेका थिए ।
संविधान दिवसको सन्दर्भमा अन्तरक्रिया

































































































