Homeसमाचारझापाका ढकाललाई प्रवल जनसेवाश्री सम्मान

झापाका ढकाललाई प्रवल जनसेवाश्री सम्मान

बिर्तामोड ३ असोज । नेपाल रेडक्रस सोसाइटी झापाका सभापति एवं समाजसेवी लोकराज ढकाल प्रवल जनसेवाश्री पदकबाट सम्मानित हुनुहुने भएको छ ।
सामाजिक सेवामा पु¥याएको महत्वपूर्ण योगदानको मूल्याङ्कन गर्दै नेपाल सरकारले संविधान दिवस–२०७९ को अवसर पारेर सामाजिक अभियान्ता ढकाललाई प्रवल जनसेवा श्री पुरस्कार दिने घोषणा गरेको हो । सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न पदक तथा पुरस्कारको घोषणा गरेको हो ।
शिक्षा, राजनीति, पत्रकारिता र मानवीय सेवा जस्ता फरक–फरक भूमिकामा क्रियाशील ढकाल अहिले तेस्रो कार्यकालका लागि नेपाल रेडक्रस सोसाइटी झापाको सभापति छन्, उनी तीनै कार्यकाल निर्विरोध सभापतिमा निर्वाचित भएका हुन् । सामाजिक सेवामा सक्रिय संस्था नेपाल रेडक्रस सोसाइटीको पूर्व केन्द्रीय सदस्य समेत रहेका उनी लगभग साढे ४ दशक अघि विद्यालयमा अध्ययनरत रहँदै नेपाल रेडक्रस सोसाइटीको जुनियर रेडक्रस सर्कलमा आबद्ध उनको सेवा सोही अवधिदेखि निरन्तर छ । तीन कार्यकालसम्म ने.रे.सो झापाको मन्त्री एवं अन्य विभिन्न जिम्मेवारीमा रहेर सेवामा सक्रिय ढकालले यसअघि पनि विभिन्न संघसंस्थाहरुबाट सामाजिक सेवा, पत्रकारिता र शिक्षातर्फका थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।
ढकालले दैवी प्रकोप उद्दार पदक–२०५८ ( तत्कालीन श्री ५ को सरकार गृहमन्त्रालय), शिक्षा सेवा राष्ट्रिय पदक–२०६५ ( नेपाल सरकार शिक्षा मन्त्रालय) प्रेस काउन्सिल सशक्त पत्रकारिता पुरस्कार (नेपाल सरकार–सञ्चार मन्त्रालय–२०७१), समाजसेवा रत्न पुरस्कार–२०७४ (नेपाल सरकार गृहमन्त्रालय), उत्कृष्ठ समाचारदाता (गोरखापत्र–२०५७), उत्कृष्ठ नागरिक सम्मान–२०६८ (सुरुङ्गा जेसीज), गोमेन्द्र सम्मान–२०७४ (गोमेन्द्र महाविद्यालय विर्तामोड) लगायत तीन दर्जन बढी पदक , सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका छन् ।
नेपालमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनहरुमा सक्रियतापूर्वक सामाजिक सेवामा लागेका ढकालको स्मृतिमा २०६२–०६३ को जनआन्दोलनको दृश्य ताजै छ । सो क्रममा २०६३ बैशाख ६ गते झापाको चन्द्रगढीमा तत्कालीन प्रशासनले गरेको वर्वरतापूर्ण दमनपछि भएको हताहतीमा नेपाल रेडक्रस सोसाइटी झापाकातर्फबाट तत्कालीन एसपी केशरीराज घिमिरेसहित सयौं घाइतेको उद्दारमा उनको भूमिका नेतृत्वदायी थियो । ६ गते नै शहादत प्राप्त शहीद राजन गिरीको उद्धार र प्राथमिक उपचार गर्दागर्दै आफ्नै काखमा प्राण गएको सम्झना ताजै छ उनमा । उक्त सम्मान नेपाल सरकारले नयाँ बर्षको अवसर पारेर आगामी २०८० साल बैशाख १ गते प्रदान गर्नेछ । राष्ट्रपति कार्यालयमा आयोजना हुने भब्य समारोहका बीच राष्ट्रपतिले नै उक्त सम्मान प्रदान गर्नेछन् । संविधान दिवसको अवसरमा मन्त्री परिषदको भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा ९९८ जनालाई मानन पद्वी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापाका ढकाललाई प्रवल जनसेवाश्री सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img