भद्रपुर १ असोज । झापाको चन्द्रगढीमा एक दिने डेंगुरोग सम्बन्धि अभिमुखिकरण तथा लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सम्बन्धि अभिमुखिकरण सम्पन्न गरिएको छ ।
त्रिवेणी टोलविकास संस्था भद्रपुर १० को आयोजना तथा स्वास्थ्य कार्यालय झापाको सहयोगमा वीपी चोक धनुषमोडमा सम्पन्न अभियानको सहजीकरण गर्र्दै बरिष्ठ जन स्वास्थ्य अधिकृत रमेश बाराकोटीले उच्च ज्वरो आउनु, जोर्नीहरु दुुख्नु लगायतका डेंगु रोगका लक्षण हुने तथा डेंगुको खास उपचार नहुने हुनाले रोग सतर्क रहनु उत्तम उपाय भएको बताउनु भयो ।
घरवरिपरि सरसफाई गर्नु र पानी जम्न नदिनु सुझाव समेत दिनुभयो । काशीनाथ घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जनस्वास्थ्य निरिक्षक मनोज भट्टराईले गर्नु भएको थियो ।
डेङ्गुबाट बच्न सतर्कता अपनाउन स्वास्थ्य अधिकृतको सुझाव

































































































