बिर्तामोड १ असोज । नेपाल विद्यार्थी संघ गोमेन्द्र क्याम्पसमा आयुष्मा प्रसाईको अध्यक्षतामा नेबि संघ क्याम्पस इकाइ समिति गठन भएको छ । ३२ सदस्यीय समितिको उपसभापतिमा दिवस पौडेल र बिनु बस्नेत, सचिबमा आकाश दाहाल र पुजा घिमिरे, सहसचिवमा अञ्जली ओली, बिकाश मेचे, सरिष्मा बिस्ट र स्वस्तिमा पाठक एव कोषाध्यक्ष मा रोशन ज्ञवाली रहेका छ्न ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेबिसङ झापाका सभापति राजेन्द्र उप्रेतीले नेपाली कांग्रेस झापा सभापति देउकुमार थेबेको निर्देशन बमोजिम नेबि संघ झापालाई चलायमान बनाउने र आउँदो चुनावमा काङ्ग्रेस पार्टीलाई जिताउन नेबिसंघले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
आयुष्मा प्रसाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेबि संघ झापाका सचिव पोषराज कटुवाल, जिल्ला सदस्य एलेक्स मैनाली ,सञ्जय निरौला, गोकुल पौडेल लगायतले मन्तव्य राखेका थिए ।
नेबि संघको गोमेन्द्र क्याम्पस इकाई समिति सभापतिमा आयुष्मा

































































































