बिर्तामोड १ असोज । सोह्र श्राद्दको अवसर पारेर समस्त पितृहरुको उद्दार एवं आफ्ना आमा र सासुआमा कमला रामानुज दासी पाेखरेल को पुण्य तिथिको अवसर पारेर बिर्तामोड–२ चारपाने निवासी डा राधेश्याम पोखरेल र उर्मिला पोखरेलले र आमा आश्रममा रहेका बालबालिकालाई भोजन एवं आर्थिक सहयोग गरेका छ्न ।
पोखरेल दम्पतीले झापाको कनकाइ नगरपालिका नजिकै रहेको सुस्त मनस्थिति सरोकार समाजमा आश्रय लिएर बसेका बालबालिकालाई खाद्य सामग्री एवं ५ हजार एक सय रुपैयाँ नगद, खाध्यान्न सामग्री हस्तान्तरण गरेका हुन ।
विगत लामो समयदेखी आयुर्बेदिक एवं प्राकृतिक चिकित्सालय सन्चालन गरिरहनुभएका डाक्टर राधेश्याम पोखरेल र सामाजिक तथा राजनितिककर्मी उर्मिला पोखरेलले सुस्त मनस्थिति सरोकार समाज नेपालकी अध्यक्ष शान्ता पोखरेलेलाई खाद्यान्न सामग्रीका साथ नगद समेत हस्तान्तरण गर्नुभएको हो ।
समाजले हिंसामा परेका, अविभावक विहिन वनेका बालबालिकाहरुलाई संरक्षण गर्दै आएको छ । आश्रममा हाल सुस्त मनस्थिति भएका एवं अपांगता भएका गरि १६ बालबालिका सरक्षणमा छ्न । हिसा पीडित एवं अभिभावक बिहिन बालबालिकाको सरक्षण गरेर सुस्त मनस्थिति सरोकार समाजले पुर्याएको योगदानको प्रसंसा गर्दै पोखरेल दम्पतीले आगामी दिनहरुमा समेत यस्ताखालका सहयोगहरु लिएर आउने बताएका छ्न ।
कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता पोखरेलले धन्यवाद एवं आभार व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा सञ्चारकमी मनोज बस्नेत, संस्थाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
सुस्त मनस्थिति सरोकार समाजमा आश्रितलाई पोखरेल परिवारको सहयोग

































































































