HomeFeatured 2द एभरेष्ट साकोसको ११ औं सभा सम्पन्न, अध्यक्षमा दिपक

द एभरेष्ट साकोसको ११ औं सभा सम्पन्न, अध्यक्षमा दिपक

दमक ३० भदौ । द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दिपक खरेल निर्बिरोध निर्वाचित हुनुभएको छ।
संस्थाको ११ औं बार्षिक साधारणसभाले खरेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रोसन गौतम, सचिवमा ज्ञाननाथ पौडेल, कोषाध्यक्षमा यामजी श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा राजकुमार न्यौपाने, दिपक प्रसाई, जमुना खरेल, सुवास गड्तौला र भुवन चम्लागाँई चयन भएका हुन् ।
यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा ताराप्रसाद अधिकारी र सदस्यहरुमा एकराज प्याकुरेल र इन्दिरा काफ्ले भट्टराई चयन भएका छन् । विष्णुु सुब्बाको संयोजकत्वमा इन्दु पूर्वेली र बिष्णु पौडेल सदस्य रहेको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि भूमिका निर्वाह गरेका थिए ।
बिहिबार आयोजित एक समारोहकाबीच नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ खुवाइ पदस्थापन गरिएको छ । यसअघि आयोजित संस्थाको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि तथा उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुमा आर्थिक मन्दिको प्रभाव परेमा ३६ प्रतिशतसम्म ब्याजमा ऋण लिन व्यवसायी बाध्य हुने भनाई राख्नुभयो ।
नीजि सम्पत्ति बेच्न नपाउने तर बैंकको ऋण तिर्नैपर्ने सरकारी नीतिले अन्योल सिर्जना गरेको बताउँदै उहाँले पछिल्लो समय व्यवसायमा मन्दी आएको बताउनु भयो ।
उद्योगपति ऐश्वर्या तिम्सिनाले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दिपक खरेलले संस्थाले एकवर्षको अवधीमा ६७ लाख ८७ हजार ८७८ रुपैयाँ खुद मुनाफा गरेको जानकारी दिनुभयो ।
२०६८ सालमा स्थापित सहकारीले हाल मोरङको उर्लाबारी, झापाको कमल, कनकाई, बिर्तामोड, बुद्धशान्ति लगायतका स्थानमा सेवा केन्द्र स्थापना गरी वित्तिय सेवा प्रदान गर्दै आएको खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा धुलावारी, शिवसतासी र मोरङको इटहरीमा सेवा केन्द्र विस्तार स्वीकृति प्राप्त भइसकेको जानकारी दिनुभयो ।
संस्थाका संस्थापक अध्यक्ष रुद्रप्रसाद तिम्सिनालाई विशेष सम्मान गरिएको कार्यक्रममा उत्कृष्ठ सेवा केन्द्रका रुपमा बुधबारे, उत्कृष्ठ कर्मचारी लोकेन्द्र धिमाल र रुपा रानामगरलाई नगदसहित सम्मान गरिएको कार्यक्रममा प्रत्येक सेवा केन्द्रबाट चार जनाबढी उत्कृष्ठ कारोबार गर्ने शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।
राजकुमार न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा विभिन्न सेवा केन्द्रबाट आएका प्रस्तावहरुलाई सचिव ज्ञाननाथ पौडेलले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन प्रशासन प्रमुख धर्मानन्द भट्टराईले गर्नुभएको थियो ।
गत शनिवारदेखि शुरु भएको अधिवेशन अन्तरगत सेवाकेन्द्र स्तरीय साधारणसभाले निर्णय पारित गर्दै नयाँ नेतृत्व चयनसहित बिहिबार समापन गरिएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2द एभरेष्ट साकोसको ११ औं सभा सम्पन्न, अध्यक्षमा दिपक
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img