बिर्तामोड ३० भदौं । नेपाल विद्यार्थी संघ झापाले झापाका सातवटा क्याम्पसहरुमा नेपाल विद्यार्थी संघको इकाई समिति गठन गरेको छ ।
एकसाता भित्र झापाका सबै क्याम्पसहरुमा अधिवेशन सम्पन्न गर्न कार्यतालिका तय गरेको नेविसंघ झापाका सातवटै क्याम्पसमा अधिवेशन सम्पन्न गरेको हो ।
अधिवेशनले कोहेड क्याम्पस बिर्तामोडको इकाई सभापतिमा आदर्श झालाई चयन गरेको छ । ७१ सदस्यीय समितिको उपसभापतिमा रश्मी थापा, युनिशा पाण्डे, सिम्रन बस्नेत, सुमितकुमार तामाङ, सचिवमा अभिशेख तामाङ र रोमा घिमिरे, सहसचिवमा जिना विमली, अभिशेक साह र पवित्रा शिवाकोटी तथा कोषाध्यक्षमा प्रियन्का नेपाल चयन भएका छन् ।
नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीको प्रमुख आतिथ्य र सचिव पोषराज कट्वालको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्जय निरौला, सन्देश रिजाल, मनिस दाहाल, गोकुल पौडेल, रामजङ क्षेत्री, खोम खड्का, दिपेन धिमाल लगायतले शुभकामना दिएका थिए । रमेश शेर्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैगरी किरण गुरुङको सभापतित्वमा ७३ सदस्यीय कनकाई क्याम्पस बिर्तामोड ईकाई समिति, कुवेरकान्त दाहालको सभापतित्वमा ३९ सदस्यीय कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा ईकाई समिति, रोहित दाहालको सभापतित्वमा ५७ सदस्यीय मनकामना क्याम्पस ईकाई समिति, आश्विन पोखरेलको सभापतित्वमा ६१ सदस्यीय विरेन्द्र क्याम्पस चन्द्रगढी ईकाई समिति, सौरभ बस्नेतको सभापतित्वमा ३५ सदस्यीय त्रिदेव क्याम्पस चारआली ईकाई समिति र पवन दाहालको सभापतित्वमा ३९ सदस्यीय इन्द्रचन्द्र क्याम्पस बिर्तामोड ईकाई समिति गठन गरेको छ ।
नेविसंघको सातवटा क्याम्पस इकाई गठन

































































































