HomeFeatured 2झापामा हुने प्रदेशस्तरीय खेलको तयारी पूरा

झापामा हुने प्रदेशस्तरीय खेलको तयारी पूरा

भद्रपुर २९ भदौ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत १ नं प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगिताका लागि झापामा हुन लागेका खेलहरुको तयारी लगभग पूरा भएको छ ।
झापामा प्रदेशस्तरीय प्रतियोगिताका आठ खेल सञ्चालन हुने भएका छन् । ती खेल जिल्लाका विभिन्न स्थानमा खेलाउने तयारी भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी (प्रशान्त)–ले जानकारी दिनुभयो ।
भद्रपुरस्थित मेची रंगशालामा महिला–पुरुष कबड्डी, महिला–पुरुष खो–खो र आर्चरी खेल हुनेछन् भने काँकरभिट्टामा महिला क्रिकेट र व्याडमिन्टन, दमकमा महिला भलिबल, तथा बिर्तामोडमा तेक्वान्दो र शारीरिक सुगठनका खेलहरु हुने समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले जानकारी दिनुभयो ।
मंगलबार खेलकुद विकास समितिको पदाधिकारी तथा प्रशिक्षकहरुको टोलीले खेलहरु सञ्चालन हुने स्थल र त्यहाँको व्यवस्थापकीय पक्षको निरीक्षण तथा अनुगमन गरेको छ । सीमित स्रोत–साधनका वावजुत प्रतियोगितालाई उत्कृष्ट र सफल बनाउन समिति लागिपरेको अध्यक्ष भण्डारीले बताउनु भएको छ ।
झापामा बिहीबार दमकमा महिला भलिबलको खेलसँगै झापामा सञ्चालन हुने खेलहरुको उद्घाटन हुने समितिका उपाध्यक्ष गंगा भुर्तेलले जानकारी दिनुभयो । उहाँले जहाँ जुन खेल हुन्छ त्यहीँ खेलको उद्घाटन गरिने पनि बताउनु भयो । झापामा भदौ ३० देखि असोज ५ गतेसम्म खेलहरु सञ्चालन हुने समितिका सचिवालय सदस्य दुर्गाराज निरौलाले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2झापामा हुने प्रदेशस्तरीय खेलको तयारी पूरा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img