Homeसमाचारट्रकको ठक्करबाट एकको मृत्यु ३ घाइते

ट्रकको ठक्करबाट एकको मृत्यु ३ घाइते

भद्रपुर २७ भदौ । ईँटा बोकेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिंदा झापामा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नं.को ट्रकले विपरित दिशाबाट आउँदै गरेका भद्रपुर–२ बस्ने ३५ बर्षीय तुलसा खवास र उनकी २ वर्षकी छोरी रुक्साना लामालाई ठक्कर दिएको थियो ।
पैदल यात्रीलाई ठक्कर दिंएपछि अनियन्त्रित भई ट्रक पुलबाट खस्दा ट्रकका सह–चालक बिर्तामोड नगरपालिका वडा नं–२ का २४ को अनिल हस्दा र ५२ वर्षीय बुद्दलाल राजबंशी समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ट्रकको ठक्करबाट घाइते भएकी खवासको प्रादेशिक मेची अस्पताल भद्रपुर उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते ३ जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
ट्रक चालक जिल्ला पाँचथर हिलिहाङ गाउँपालिका वडा नं. ६ का २४ वर्षीय योगेश सिटौला प्रहरीको नियन्त्रण रहेको जिप्रका झापाले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारट्रकको ठक्करबाट एकको मृत्यु ३ घाइते
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img